arrow

अख्तियारको भूमिकामाथि नै प्रश्न, भरोसायोग्य छानबिन आयोग गठन गर्न रामचन्द्र पौडेलको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७७ भदौ २७ शनिबार
ramchandra-poudel-final.jpg

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारले सीमा नाघेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

उनले अबौंका भ्रष्टाचार काण्डहरु बाहिर आउँदा त्यसको तदारुकताका साथ छानबिन गरेर दोषीमाथि कार्वाही चलाउने र राष्ट्रमा भइरहेका ब्रम्हलुट रोक्ने काममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ढिलासुस्ती र लापर्वाही नै चर्चामा रहेको भन्दै अख्तियारमाथि नै छानबिन गर्नुपर्ने तर्क अघि सारेका हुन् । 

नेता पौडेलले अख्तियारमा भएका यावत लापर्वाहीहरु उपर छानबिन गर्न र त्यसका वर्तमान र पूर्व पदाधिकारी सदस्यहरुलाई जिम्मेवार बनाउन एक जना पूर्व प्रधानन्यायाधीशको अध्यक्षताको सबैको भरोसायोग्य उच्चस्तरीय न्यायीक छानबिन आयोग गर्न पनि माग गरेका छन् । 

उनले भदौ २६ गते एक राष्ट्रिय दैनिकमा प्रकाशित ‘निगमको जग्गा खरिद फाइल सुटुक्क तामेली’ शीर्षकमा लामो समाचार प्रकाशित भएको र एक अर्ब ३४ करोडको खेल भनिएको उक्त चर्चित प्रकरण ढिसमिस पार्ने काम भइरहेको आरोपसमेत लगाएका छन् । 

नेता पौडेलले ‘माझीले नै डुङ्गा डुबाउन लागेपछि कसले पार लगाउने ? यस्ता काम कार्वाही किन भइरहेका छन् ?’ भनी प्रेस विज्ञप्तिमार्फत प्रश्न समेत तेस्र्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ