arrow

कार्यालय भित्रै कुटिए प्रहरी

logo
प्रकाशित २०७७ भदौ २८ आइतबार
police-kanchanpur.jpg

कञ्चनपुर । जिल्लाको दक्षिणी क्षेत्रको पुनर्वासको प्रहरी कार्यालय भित्रै प्रहरी नायब निरीक्षक (सई) सहित अन्य प्रहरी कुटिएका छन् । शनिबार पुनर्वास नगरपालिका ५ स्थित चौतारोमा तास खेल्दै गरेका जुवाडेहरुलाई प्रहरीले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालयमा ल्याएपछि छुटाउन आएको जत्थाले प्रहरीमाथी ढुंगामुढा र हातपात गरेको हो । 

पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाका छोरा देवेन्द्र थापा , मेयरका स्वकीय सचीव भतिजा टेकबहादुर थापा , जितु थापा र हिमेश थापाको नेतृत्वमा आएको जत्थाले प्रहरी नायव निरीक्षक गोपाल बोहरा लगायतका प्रहरी माथी कुटपिट गरेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए । जुवाडे छुटाउन आएको जत्थाले प्रहरी कार्यालयमा ढुंगामुढा समेत गरेको र प्रहरी भ्यानको शिसा फुटाइएको प्रहरी निरीक्षक सिंहले बताए । 

कोरोरा भाइरसको प्रकोपको बेला चौतारीमा जुवातास खेल्नु राम्रो होइन यसबाट नयाँ पिढिलाई समेत असर गर्ने भन्दै सम्झाइ बुझाइ र चेतावनी दिन प्रहरीले नियन्त्रणमा लिएको तर एकाएक हुलहुज्जत गर्दै प्रहरी कार्यालयमै प्रहरी माथी हातपात र तोडफोड गरिएको प्रहरी निरीक्षक सिंहले बताए ।

प्रहरीले उल्टै आफु लगायत त्यहाँ गएको टोलीलाई नियन्त्रणमा लिएर लठ्ठी र बुटले कुटपिट गरेको टेक थापाले बताए । उनले सई बोहराले आफु लगायत देवेन्द्र थापा र अन्यलाई निर्घात कुटपिट गरेको बताए । घटनाका बारेमा बुझ्न प्रहरी कार्यालयमा गएका बेला आफूहरुमाथी रिसइबि भएको जसरी प्रहरीले  निर्घात कुटपिट गरेको टेकबहादुर थापाले बताए । 

इलाका प्रहरी कार्यालयमै कुटपिटको घटना भएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमर थापा नेतृत्वको टोली राति साढे ११ बजे पुनर्वास पुगेको थियो । प्रहरीमाथि हातपात गर्नेहरुलाई आबश्यक कानुनी कारवाही गरिने प्रहरी निरीक्षक सिंहले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ