arrow

करोडौं मुल्य पर्ने यस्ता छन् संसारका १० सबैभन्दा महंगा कार

logo
प्रकाशित २०७७ भदौ २८ आइतबार
w-motors-lykan-hypersport.jpeg

काठमाडौं ।  यी संसारका त्यस्ता महंगा कार हुन् जसको मुल्य सुनेर प्राय सबै जिब्रो टोक्ने गर्दछन् । यी कारलाई समान्य कमाइ भएका व्यक्तिले कल्पना गर्न पनि असामन्य बिषय हो ।  कार चढ्नुलाई अहिलेपनि हाम्रो समाजमा बिलासिताको प्रतिक मानिन्छ । सन् २०१८ को सेप्टेम्बरमा गरिएको एक अध्ययन अनुसार निम्न कारहरु महंगा कारको सुचीमा छन् ।  हेरौ संसारका १० महंगा कारहरु -

 
१०. कोइनिगसेग रिगेरा

संसारका महंगो कारको सूचीमा रहेको यो कारको मूल्य २ मिलियन अमेरिकी डलर रहेको छ । १० औँ महंगो कारको सुचीमा रहेको  कोइनिगसेग रिगेराको नेपाली मुल्य  २३ करोड ४ लाख ३० हजार रुपैयाँ रहेको छ ।

९. कोइनिगसेग वन. १

कोइनिगसेग वन. १ को मूल्य पनि २ मिलियन अमेरिकी डलर रहेको छ । संसारका महंगो कारको सूचीमा १० औँ स्थानमा रहेको कोइनिगसेग वन. १ को नेपाली मुल्य  २३ करोड ४ लाख ३० हजार रुपैयाँ रहेको छ ।

८. बुगाटी चिरोन

यो कार संसारको महंगो टप टेन कारमा छ । यसको मूल्यमा २. ५ मिलियन अमेरिकि डलर छ । ८ औँ स्थानमा रहेको बुगाटी चिरोनको नेपाली मुल्य  २८ करोड ८० लाख ३७ हजार रुपैयाँ रहेको छ ।

७.  फरारी एफ ६० अमेरिका

फरारी एफ ६० अमेरिकाको मूल्य पनि २. ५ मिलियन अमेरिकि डलर रहेको छ । ७ औँ स्थानमा रहेको फरारी एफ ६० अमेरिकाको नेपाली मुल्य  २८ करोड ८० लाख ३७ हजार रुपैयाँ रहेको छ ।

६. पगानी हुआयरा

संसारका महंगो कारको सूचीमा रहेको यो कारको मूल्य २.६ मिलियन अमेरिकी डलर रहेको छ । ६ औँ महंगो कारको सुचीमा रहेको  पगानी हुआयराको नेपाली मुल्य  २९ करोड ९५ लाख ५९ हजार रुपैयाँ रहेको छ ।

५. फरारी पिनिनफरीना सर्जियो

फरारी पिनिनफरीना सर्जियोको मूल्य ३ मिलियन अमेरिकि डलर रहेको छ । फरारी पिनिनफरीना सर्जियोको नेपाली मुल्य  ३४ करोड ५६ लाख ४५ हजार रुपैयाँ रहेको छ ।

४. डब्ल्यू मोटर्स, लाइकन हाइपर स्पोर्ट

यो पहिलो अरेबियन सुपर कार कम्पनी हो । यो कारको मूल्य ३८ करोड रुपैयाँ भन्दा बढी छ ।

३. लेम्बोर्गिनी वेनीनो

लेम्बोर्गिनी वेनीनोलाई ४.५ अमेरिकि डलर पर्छ । यसको नेपाली मुल्य ५१  करोड ८४ लाख ६७ हजार रुपैयाँ रहेको छ । 

२. कोइनिगसेग सीसीएक्सआर ट्रिवीटा

कोइनिगसेग सीसीएक्सआर ट्रिवीटा महंगा कारको सुचीमा दोस्रो स्थानमा छ । ४.८ मिलियन अमेरिकी डलर पर्ने यो कारको नेपाली मुल्य  ५५  करोड ३०  लाख ३२ हजार रुपैयाँ रहेको छ ।

१. फरारी २५० जिटीओ

बजारमा नपाउने यो गाडी संसारको सबैभन्दा महंगो कारको सूचीमा १ नम्बरमा छ । यसको मुल्य ४८ मिलियन ४० थाउजेन अमेरिकी डलर रहेको छ ।  सन् २०१३ मा एक मात्र पिस विकेको एक कारको मूल्य ५ अर्व ८४ करोड रुपैयाँ पर्छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ