arrow

डोटीमा सोमबारदेखि निषेधाज्ञा खुकुलो पारिँदै

logo
प्रकाश बम,
प्रकाशित २०७७ भदौ २८ आइतबार
doti-cdo.jpg

डोटी । डोटीमा सोमबारदेखि लागू हुनेगरी निषेधाज्ञा खुकुलो पारिएको छ। बिहानदेखि बेलुकासम्म उद्योग ,बजार,व्यवसाय सञ्चालन हुने भएका छन्।

आइतबार डोटीमा बसेको संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको हो।

‘सोमबारबाट बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म स्वास्थ सजकता अपनाएर उद्योग ,ब्यापार ,व्यवसाय सञ्चालन गर्ने निर्णय भएको छ,’ प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराईले भने ‘ यातायातका साधानमा सिट क्षमता भन्दा ५० प्रतिसत कम यात्रु बोक्न पाइने र  अटोरिक्सामा दुई भन्दा बढी यात्रु नबोक्न पाइने  निर्णय भएको छ।’

जिल्लामा भिडभाड, गोष्ठि, धार्मीक मेला, महोत्सव गर्न भने बन्देज लगाइएको प्रमुख जिल्ला अधिकारि भट्टराईले हाम्राकुरालाइ जानकारी दिए । सार्वजनिक स्थलमा जादा, यात्रा गर्दा र  पसलमा सामान किन्दा अनिवार्य माक्सका साथै सामाजिक दुरि कायम गर्नु पर्ने छ ।

बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्मको अवधिमा भने निषेध आदेश गरिएको  प्रजिअ भट्टराईले बताए।

जिल्लामा पहिलो चरणमा भाद्र १४ गते देखि २१ गते सम्म निषेधाज्ञा जारी गरिएकोमा २१ देखी २८ गते राती १२ बजे सम्मका लागि थप गरिएको थियो ।

जिल्लामा आइतबारसम्म कुल संक्रमितको संख्या ९सय ६७ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ