arrow

रौतहट पूजारी हत्याकाण्डको प्रहरी अनुसन्धान विवादित, पिडित र आरोपित दुबैको परिवार असन्तुष्ट

विश्व हिन्दु महासंघ उत्रियो बिरोधमा, सन्तलाई वद्नाम गर्ने रिपोर्ट दिने प्रहरीलाई कार्वाही गर्न माग  

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २८ आइतबार
pujariko_hatya_rautahat.jpg

रौतहट। पुजारी श्रीराम साह हत्याकाण्डमा प्रहरीले जारी गरेको अनुसन्धान प्रतिवेदन झुठो रहेको भन्दै विश्व हिन्दु महासंघले आन्दोलन शुरु गरेको छ । गत भदौ ३ गते रौतहटको माधवनारायण नगरपालिका २ खेसरहियास्थित हनुमान मन्दिरका पुजारी राति खाना खान बसेका बेला अज्ञात व्यक्तिले कन्चटमा गोली हानेर हत्या भएको थियो ।

सोही हत्या काण्डमा महासंघको कार्यकर्ताहरूले कसैको दबाबमा झुठो प्रतिबेदन बनाइएको भन्दै महासंघले प्रदर्शन गरेको हो । प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुले कसको दबाबमा झुटो प्रतिवेदन बनाइयो भन्दै गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए ।

प्रदर्शनकारीहरुले, प्रहरी प्रतिबेदन खारेज गर, हत्यारा लुकाउने प्रयास बन्द गर, सन्त श्रीराम साहको हत्याको छानबिन गर्न बिशेष समिती बनाउ, साधुसन्तमाथीको हमला बन्द गर, हिन्दु समाज एक हौ, गृहमन्त्री राजीनामा देउ, हिन्दुबिरोधि कम्युनिस्ट सरकार मुर्दावाद र सन्तको चरित्र हत्या गर्ने प्रहरीलाई कार्वाही गर भन्दै सरकारविरूद्द नाराबाजी गरेका थिए।

यसअघि भदौ २६ गते शुक्रबार महासंघले ‘पुजारी स्व श्रीराम साह हत्याकाण्ड’मा प्रहरीले जारी गरेको अनुसन्धान प्रतिवेदनप्रति नेपाल विश्व हिन्दु महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो । प्रदेश २को प्रदेश प्रहरी कार्यालयले ‘पुजारीको हत्या लेनदेनको कारण भएको’ भन्दै सार्वजनिक गरेको लिखित प्रतिवेदन घोर आपत्तिजनक र निन्दनीय रहेको महासंघको ठहर छ।

महासंघले विज्ञप्ती जारी गर्दै ’प्रहरीको प्रतिवेदन घटनाको वास्तविकतालाई ढाकछोप गर्ने उदेश्यले अभिप्रेरित मात्र नभई सम्पुर्ण साधुसन्त समाजमाथिको पनि प्रहार रहेको बताएको थियो । आफ्नो निजी सम्पती बेचेर मठ मन्दिर बनाउने सन्त श्रीराम साहले कुनै पनि आर्थिक लेनदेन नगरेको उनको परिबारका सदस्यहरू एबम उनको हत्याको आरोपमा पक्राउ गरिएका दुईजना आरोपीहरूका परिवारले समेत प्रस्ट पारिसकेको अवस्थामा प्रहरीले त्यसखाले प्रतिबेदन जारी गर्नु स्वर्गीय सन्त श्रीराम साहमाथी मात्र नभई सम्पुर्ण हिन्दू समाजको आस्थामाथीको प्रहार भएको महासंघको ठहर थियो ।

प्रहरी प्रतिवेदनको खण्डन दुई पक्ष अर्थात् पुजारीको परिवार र प्रतिवादीको माता पिता स्वयंले गरिसकेका छन् । आरोपी नरेश पटेलका बुवा ज्वाहिर पटेल र अर्का आरोपी बालकुमार पटेलकी आमा सुदिपती देवी आफुहरूले पुजारी साहबाट कहिले पनि कुनै लेनदेन नगरेको प्रस्ट पारिसकेका छन् र उनीहरूको परिवार बीच अन्य कुनै प्रकारको झैझगडा समेत नरहेको बताइएको थियो ।

यसर्थ, घटनालाई मोडेर वास्तविक घटना र अपराधीलाई लुकाउने प्रयास भएको महासंघले जनाएको छ । प्रहरी प्रतिबेदनलाई तत्काल खारेज गरी हत्याको छानबिनका लागि बिशेष समिती बनाई वास्तविक दोषी र घटनाको बास्तविकतालाई यथाशिघ्र सार्वजनिक गर्न गृह मन्त्रालयसँग माग गरिएको छ । त्यस्तै, स्वर्गीय सन्तको चरित्र हत्या हुने झुटो प्रतिवेदन बनाउने प्रहरीमाथी कारवाही गर्न समेत विज्ञप्तीमार्फत महासंघले ध्यानाकर्षण गराएको थियो ।

पुजारीका हत्यामा संलग्नलाई यथाशीघ्र सार्बजनिक गरी सजाय दिलाउने एवम उनको चरित्र हत्या गर्न खोज्ने प्रहरीका अधिकृतहरूमाथी कारबाही गर्न गृह मन्त्रालयलाई गम्भीर हुन पनि महासंघले आह्वान गरेको थियो । हाम्रो आग्रहलाई वेवास्ता गरिए हामी यस कम्युनिष्ट सरकारविरुद्ध आन्दोलनमा उत्रिने एबम खबरदारीका कार्यक्रमहरू ल्याउन बाध्य हुनेछौं भनी विज्ञप्ति जारी गरिएको थियो । सोहि खबरदारी अन्तर्गत नै प्रदर्शन भएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ