arrow

पोखराका सात प्रहरीसहित १७ कोरोनाका संक्रमित थपिए, गण्डकीमा थप एकको मृत्यु

logo
हरि पन्त, 
प्रकाशित २०७७ भदौ २९ सोमबार
covid-test-positive-corona.jpg

पोखरा । पोखरामा कार्यरत सात जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा दुई जना महिला र बाँकी पाँच जना पुरुष छन् । उनीहरु पोखरा महानगरपालिका वडा नं ४ र १७ का हुन् ।

योसंगै पोखरामा सोमबार बिहानै १७ जना कोरोना संक्रमित भेटिएका छन् भने गण्डकी प्रदेशमा १९ जना थपिएका छन् । बिहान ६ः४० मा गराइएको जानकारी अनुसार पोखरामा भेटिएकामध्ये पोखरा १७ मा एक जना, वडा नं ३३ एक, पोखरा १४ मा छ जना, वडा नं ७ र ८ मा एक एक जना संक्रमित भेटिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माका अनुसार पोखरा ८ की महिला महानगरपालिका अन्तर्गतको स्वास्थ्यकर्मी हुन् ।

यसैगरी बाग्लुङको बडीगाड गाउँपालिकामा पनि आजै दुई जना संक्रमित भेटिएका छन् । गाउँपालिकाको वडा नंं १ र ५ मा २२ वर्षका युवक र ६० वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको डा शर्माले जानकारी दिए । 

मृत्यु हुनेको संख्या २८ पुग्यो
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ जना पुगेको छ । स्वास्थ्य निर्देशनालयले आज सोमबार बिहान दिएको जानकारी अनुसार नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नं १२ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ । 

उनको यहि भदौ २६ गते दिउसो ४ः३० बजे लुम्विनी अस्पताल रुपन्देहीमा मृत्यु भएको हो । उनले निमोनिया र स्वासप्रस्वास सम्बन्धी समस्याको उपचार गराइरहेको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ