arrow

विवाहित पुरुष, महिलाको 'अफेयर': अमेरिका भन्दा यूरोप छाडा (आँकडा सहित)

logo
प्रकाशित २०७३ जेठ १२ बुधबार
adultery.jpg.jpeg
एजेन्सी । विवाहित पुरुष, महिला 'अफेयर' मा रहनुलाई विश्व समुदायले कसरी हेर्दछ भन्ने हालै  एक सर्भेक्षण भएको छ । 
 
सर्भेले विश्व व्यापी रुपमा आम मानिसलाई एउटा प्रश्न गरेको थियो ।  'के विवाहित पुरुष महिला अफेयरमा हुनु नैतिक रूपमा ठीक र स्वीकार्य हो ?' जसको उत्तरमा आएको आंकडा हेरेर अनुसन्धानकर्ताहरु नै   हैरान भएका थिए ।
 
'वासिङगटन पोस्ट' का अनुसार ८४ प्रतिशत अमेरिकन भन्छन् - विवाहित मानिसले यस्तो सम्बन्ध बनाउनु अस्वीकार्य हो । 
 
यस्तै बेलायतमा यस्तै उत्तर दिने ७६ प्रतिशत रहेका छन् । ग्रीसका ७९ प्रतिशत मानिस विवाहित पुरुष, महिला अफेयरमा रहनु अस्वीकार्य भनेका छन् । 
 
यस्तै फ्रान्समा ४७ र जर्मनीमा ६० प्रतिशत सम्बन्धलाई बेठिक भनेका छन् । यो आकडा प्यू रिसर्चले सन् २०१३ मा गरेको  सर्भेमा आधारित छ।
 
सर्भेले खुलाएको छ - अधिक विषयमा अमेरिकी र यूरोपीयन नागरिकहरुबीच एउटै मत छ । तर जर्मनीमा भने त्यसो हुने छैन । जर्मनी नग्न समुद्री तटको रुपले चर्चित छ , जहां ४० प्रतिशत अफियरको पक्षमा देखिएका छन् ।  त्यसैले   पछिल्लो समय नग्न समुद्री तटमा अझ भिड देखिने छ ।
 
 यसरी भन्ने हो भने  तुलनात्मक रुपमा अमेरिकामा नग्नता यूरोपको तुलनामा कम स्वीकार्य छ ।
 
 प्राय सबै यूरोपीयन नागरिक  विवाह पूर्वको सेक्सलाई जायज मान्दछन् ।  तर  एक तिहाई अमेरिकी नागरिक  विवाह पूर्वको सेक्सलाई बेठिक भन्दछन् ।
 
 
हेरौ प्रतिशतको आधारमा 
 
पालेस्टाइन  94% 
टर्की 94% 
जोर्डन 93% 
इजिप्ट 93% 
इन्डोनेशिया 93% 
लेवनान 92% 
पाकिस्तान 92% 
मलेशिया 90% 
ट्यूनीशिया 90% 
फिलिपीन्स 90% 
एल साल्वाडोर 89% 
घाना 86% 
ब्राजील 84% 
बोलीभिया 84% 
अमेरिका 84%
दक्षिण कोरिया 81% 
केन्या 80% 
युगाण्डा 80% 
ग्रीस 79% 
अस्ट्रेलिया 79% 
नाइजीरिया 77% 
भेनेजुएला 76% 
ब्रिटेन 76% 
क्यानाडा 76% 
चीन 74% 
मेक्सिको 73% 
इजरेल 73% 
अर्जेन्टीना 72% 
पोल्याण्ड 71% 
रूस 69% 
जापान 69% 
सेनेगल 68% 
चिली 67% 
चेक गणतन्त्र  66% 
दक्षिण अफ्रीका 65% 
स्पेन 64% 
इटली 64% 
भारत 62% 
जर्मनी 60% 
फ्रान्स 47%



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ