arrow

हत्यारा श्रीमान बीस वर्षपछि पक्राउ 

logo
प्रकाशित २०७७ भदौ २९ सोमबार
arrest-final.jpeg

काठमाडौं । प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारवाही थालेको छ । दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजाल (सुनार)माथि श्रीमती दिलमायाको विसं २०५७ मा हत्या गरेको आरोप लागेको थियो । 

घटनापछि फरार हुँदै आएका उनलाई पक्राउ गरी आइतबार जिल्ला अदालत काठमाडौँमा पेश गरिएकामा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दिलमाया आफ्नै कोठामा मृतावस्थामा फेला परेकी थिइन् । तत्कालीन समयमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट अनुसन्धान गर्दा रिजालले नै घाँटी थिची कर्तव्य गरी मारेको खुल्न आएको थियो । 

त्यसपछि उनी फरार थिए । उनलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालय बबरमहल काठमाडौं बुझाएको थियो । 

उनलाई अहिले नक्खु कारागार ललितपुरमा राखिएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ