arrow

दुर्गम जिल्लामा खाद्यान्न पुर्‍याउन समितिको निर्देशन

logo
प्रकाशित २०७३ जेठ १२ बुधबार
parlinment.jpg.jpeg
काठमाडौँ । व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले मुलुकका दुर्गम जिल्लामा खडेरीका कारण देखिएको खाद्यान्न अभावलाई तत्काल पूर्ति गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । 
 
समितिको आज बसेको बैठकमा सांसदले सरकारले दुर्गम क्षेत्रमा सहज रुपमा ढुवानी गरी बर्खायाम सुरु हुनु अघि नै खाद्यान्न अभावलाई आपूर्ति गर्नुपर्ने बताउनुभएको हो । बैठकमा सांसदले खुलेयाम कालोबजारी मौलाउँदासमेत सरकार निरिह भएको भन्दै आक्रोश पोखेका थिए । 
 
समिति सभापति भीष्मराज आङ्देम्बेले लामो खडेरीले थप खाद्यन्न अभावको पीडामा रहेका कर्णालीका साथै बाजुरा जिल्लामा कामका लागि खाद्यन्न कार्यक्रमअन्तर्गत प्रदान गरिने खाद्यान्न समय मै पु¥याउन आपूर्ति मन्त्रालय र नेपाल खाद्य संस्थानलाई निर्देशन दिए  । 
 
बैठकमा समिति सदस्य लीला श्रेष्ठ, जनक बुढा, राज्यलक्ष्मी श्रेष्ठ, सीताराम भण्डारी, अनारकली मिया, सुवास शाही, रमेश लामालगायतले प्रभावकारी रुपमा बजार अनुगमन गर्न, मूल्य वृद्धि नियन्त्रण गर्न, खाना पकाउने ग्यासको सहज आपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराए । 
 
बैठकले आपूर्ति व्यवस्थापन विभागले गर्दै आएको बजार अनुगमन प्रभावकारी नभएको निष्कर्ष निकाल्दै वस्तुको खरिद गर्दा स्रोतको मूल्य, राजस्व प्रयोजनको लागि कायम भएको मूल्य, ढुवानी, थोक तथा खुद्रा मूल्यसमेतको विश्लेषण गरी खुद्रा तहमा मात्र नभई आयात कै स्रोत र थोक तहमा समेत अनुगमन गर्न गराउन आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ