arrow

उज्ज्वल थापालाई अमिताभ बच्चनको बधाई

logo
प्रकाशित २०७७ भदौ २९ सोमबार
amitabh-bachchan-ujjal_thapa1.jpg

काठमाडौं। बलिउड अभिनेता अमिताभ बच्चनले एसिड आक्रमण बिरुद्धको अभियानमा लागेका उज्ज्वल बिक्रम थापालाई बधाई दिएका छन्। उज्ज्वल थापाले एसिड आक्रमण गर्नेहरु बिरुद्ध कडा कानुन ल्याउनका लागि गरेको पहलमा नेपाल सरकारले कडा कानुन ल्याउने भएको छ। उक्त कानुन निर्माणका एक अभियानकर्ता थापालाई कानुन निर्माणको प्रकृया शुरु भएकोमा बधाई दिएका छन्।

अमिताभ बच्चन र उज्ज्वल बिक्रम थापा भारतको नैनीताल स्थित शेरउड कलेजमा पढेका हुन्। बच्चनले आफ्नो कलेजको नाम राखेको भन्दै थापाको तारिफ गरेका हुन्। बच्चनले ट्विट गर्दै शेरउड कलेज तथा नेपालले गर्व गर्ने कुरा रहेको भन्दै बधाई दिएका हुन्।

नेपाल कानुन आयोगले एसिड आक्रमण बिरुद्ध बनाउन लागेको कानुनमा थापाले महत्वपुर्न सुझावहरु दइएको र आयोगले उक्त सुझावहरुलाई आत्मसाथ गरेको छ। अब बन्ने कानुनमा आक्रमणकारीलाई २० बर्षसम्म कैदको सजाय हुन सक्ने संभावना रहेको छ। थापाले प्रारम्भिक छलफल सकरात्मक रहेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ