arrow

ज्वरो आएर भर्ना भएकी महिलामा कोरोना पुष्टि, उपचारका क्रममा मृत्यु

logo
प्रकाशित २०७७ भदौ २९ सोमबार
woman-dead-body.jpg

सिरहा ।कोरोना संक्रमणबाट सिरहामा सोमबार थप एक महिलाको मृत्यु भएको छ । 

सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दिपुर निवासी ३३ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलाय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । 

लामो समयदेखि ज्वरो आइरहेका ती महिला जनकपुरस्थित काव्या अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालमै पिसिआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पताल जनकपुरमा सारिएको थियो । 

उपचारकै क्रममा उनको मृत्यु भएको प्रमुख यादवले बताए । योसँगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ