arrow

मौसममा कहिले सुधार होला ? कहाँ कहाँ छ खतरा ? 

logo
प्रकाशित २०७७ भदौ ३० मंगलबार
weather-.JPG

काठमाडौं । असोज महिना छुन अब मात्र एक दिन बाँकी छ । बुधबार भदौको अन्तिम दिन । तर अहिलेसम्म मौसम सुधारिने संकेत देखिएको छैन । वर्षा निरन्तर भइरहेको छ । सयौंको ज्यान लिएको छ । सयौं बेपत्ता छन् । 

यो वर्ष सबैभन्दा बढीको ज्यान बाढी पहिरोमा परेर गएको छ । त्यो क्रम रोकिएको छैन । यसपटक नेपालमा ठूलो जनधनको क्षति भएको छ । 

के छ अहिलेको अवस्था ?
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला केही दिनदेखि मुलुकभर निरन्तर वर्षा भइरहेको छ । हाल  मनसुनको न्युन चापीय  रेखा  नेपाल भन्दा दक्षिणतर्फ अवस्थित छ ।

काठमाडौं उपत्यकामा बिहानदेखि नै सिमसिम वर्षा भइरहेको छ । घाम लाग्ने सम्भावना कम रहेको छ । 

हाल देशभर सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश १ को झापा आसपासका स्थानहरूमा भारी वर्षा पनि भईरहेको छ। 

नेपाल बाढी सूचनाले कोशी, कन्काई, कमला, वाग्मती र नारायणी जलाधारका केही ससाना सहायक नदीमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब भई सतर्कता पुग्न सक्ने बताएको छ । 

त्यस्तै पछिल्लो ३ घण्टा झापाको चन्द्रगढी आसपास अति ठूलो बर्षा भएको, झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास मध्यम–ठूलो बर्षा भएकोले मेची, विरिङ, निन्दा लगायत सीमा आसपासका साना नदीमा आकस्मिक बहाव हुन सक्ने तथा मध्यान्ह १२ बजे सम्म सतर्क रहन पनि बाढी सूचनाले आग्रह गरेको छ । 

दिउँसो देशभर  सामान्यतया  बदली  रही  केही  स्थानहरूमा  मेघगर्जन–चट्याङ्गसहित  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, वाग्मती प्रदेश र  गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति देशभर  सामान्यतया  बदली  रही  केही  स्थानहरूमा  मेघगर्जन–चट्याङ्ग  सहित  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  छ ।  प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २,  वाग्मती प्रदेश र  गण्डकी प्रदेशका  एक वा दुई स्थानहरुमा भारी वर्षाको  सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

बुधबारको पूर्वानुमान
बुधबार देशभर  सामान्यतया  बदली  रही  केही  स्थानहरूमा  मेघगर्जन–चट्याङ्ग  सहित  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी  वर्षाको  सम्भावना रहेको छ ।

त्यस्तै राति देशभर  सामान्यतया  बदली  रही  केही   स्थानहरूमा  मेघगर्जन–चट्याङ्ग  सहित  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  छ ।  प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

बिहीबारको पूर्वानुमान 
असोज १ गते बिहीबार पनि देशभर  सामान्यतया  बदली  रही केही  स्थानहरूमा  मेघगर्जन–चट्याङ्ग सहित  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  छ । प्रदेश १ तथा वाग्मती प्रदेश का एक वा दुई स्थानहरुमा भारी  वर्षाको  सम्भावना रहेको छ ।

त्यस्तै राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा  मेघगर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

यो हप्ता मौसममा सुधार हुने सम्भावना कम रहेको मौसमविद्हरुले बताएका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ