arrow

अतिक्रमण गरिएको जग्गा चाँडै फिर्ता हुने

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ भदौ ३० मंगलबार
ban-artikaraman.jpg

जनकपुरधाम। प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले विभिन्न व्यक्ति तथा संस्थाले अतिक्रमण गरेको बनको जग्गा चाँडै फिर्ता हुने बताएका छन्।

सिरहाको चोहर्वामा बनको जग्गा अतिक्रमण गरेको भन्दै आन्दोलनरत समूहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले राज्यको सम्पति कसैले पनि अतिक्रमण गर्न नपाउने र प्रदेश सरकार गर्न पनि नदिने बताए।

विगतमा विभिन्न जालझेल गरि अतिक्रमण गरिएको जग्गा तत्काल अतिक्रमण मुक्त हुने आश्वासन समेत मुख्यमन्त्री राउतले दिलाए। अतिक्रमित जग्गा फिर्ता हुनु पर्ने मांगसहित आन्दोलन जारी रहेको अवस्थामा सिरहाको चोहर्वा पुगेका मुख्यमन्त्री राउतले सरोकारबला निकायहरु प्रमुख जिल्ला अधिकारी , वनअधिकृत, मालपोतका प्रमुख , सुरक्षा प्रमुखहरुसंग जग्गाको अवस्था फिर्ता प्रक्रिया बारे छलफल गरे ।

छलफलको क्रममा मुख्यमन्त्री राउतले अतिक्रमित जग्गा अविलम्ब फिर्ता गराउन निर्देशन दिदै आवश्यक पर्ने हरेक प्रकारको निर्णय गर्न प्रदेश सरकार तयार रहेको समेत बताए। 

मुख्यमन्त्री राउतले  जग्गा फिर्ता मात्र नभई विगतमा जालझेल गरेकाहरुमाथि कारबाहीको प्रक्रिया थाल्न समेत निर्देशन दिएका छन्  । सिरहाको गोलबजारमा पछिल्लो साता मात्र बनको २ विग्घा ९ कट्ठा जग्गा फिर्ता गराइएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ