arrow

कर्णालीमा थपिए २८ संक्रमित

logo
प्रकाशित २०७७ भदौ ३० मंगलबार
corona-test-kit.jpg

कर्णाली । कर्णाली प्रदेशमा पुनः मंगलबार २८ संक्रमित थपिएका छन् । त्यससँगै कोरोना भाइरसबाट संक्रमित हुने सङ्ख्या कर्णालीमा दुई हजार ८६३ पुगेको छ ।

कर्णाली प्रदेश अस्पताल र पशुपक्षी तथा रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा २२, वीरेन्द्रनगर नगरपालिका तथा दैलेख, बझाङ, सर्लाही, बाँके र दाङका एक-एक जना कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले जानकारी दिए। 

त्यस्तै चौरजहारी नगरपालिका प्रयोगशालामा गरिएको परीक्षणमा सल्यान कुमाख गाउँपालिकाका एक व्यक्तिमा संक्रमण पुष्टि भएको महाशाखा प्रमुख शाहीले बताए । “ संक्रमित हुने र निको हुनेको सङ्ख्यामा त्यति अन्तर छैन”, उनले भने ।

 त्यसैगरी कर्णालीमा मंगलबारै कोरोना जितेर घर फर्कनेको सङ्ख्या ३९ रहेको छ । यससँगै  प्रदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या दुई हजार ५७० पुगेको छ । हाल २८७ सक्रिय बिरामी रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ