arrow

बिहानै भूकम्पले झस्काएको मघा नक्षत्र रहेको यस्तो हुनेछ बुधबारको दिन

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ भदौ ३१ बुधबार
rashifal-horoscope.jpg

आजको पञ्चांग 
आज मिति २०७७ भाद्र ३१ गते बुधबार, इस्वीसंवत सेप्टेम्बर १६ तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार शुद्धआश्विनकृष्ण (पितृ) पक्ष चलिरहेको छ । 

सौरमान अनुसार आज शुद्धआश्विनकृष्ण (पितृ) को चतुर्दशी तिथि रहनेछ । आज मघा नक्षत्र, विष्कुम्भादि योगमा सिद्धि, करणमा भद्रा, आनन्दादि योगमा चर रहने छ । सूर्य सिंह राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान ३० घटि ३९ पलाको रहनेछ । 

आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ५० मिनेटमा तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ०५ मिनेटमा हुनेछ । आज सोह्रश्राद्धको चतुर्दशी तिथि हो । आज चतुर्दशी तिथि साँझमा ६ बजेर ०४ मिनेटसम्म रहनेछ । 

आजको राशिफल
मेषः
आज पनि समय राम्रो रहनेछैन । आमा तथा आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँढ्नाले समस्या आउन सक्छ । आज काल योग परेकाले सवारी साधन चलतथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । घर जग्गाको कारोबारबाट घाटा लाग्ने यउँदा तथा यात्रा गर्दा विशेष सतर्क हुनुपर्नेछ । अध्ययनमा अलि बढि नै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । राजनीति तथा समाज सेवामा जनताको आलोचना हुनेछ ।

मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार गणेश भगवानको पूजा र सूर्य देवको आराधना गरी लक्ष्मीनारायणलाई गुलियो खिर अर्पण गरेमा राम्रो हुनेछ भने कामहरू समयमा नै सम्पन्न हुनेछन् । 

वृषः आज समय खराब छ । प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुँदा समयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्र कमजोर हुनाले तपाईको कमजोरीको अरुले फाईदा उठाउन सक्नेछन् । माया प्रेम तथा पति पत्नी बीचमा अरुको नकारात्मक टिका टिप्पणीले अविश्वास पैदा हुनेछ, ख्याल गर्नुहोला । मानव निर्मित साधन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले प्रत्येक सोमवार दान–पुण्य गर्नाले मानसिक शान्ति मिल्नेछ । साथै हरेक दिन गाईलाई रोटी र परेवालाई चारो दिर्नुहोस् र प्रत्येक बिहान भगवान शिवको दर्शन गरी शुक्रवार शिवलिंगमा साबुदाना अर्पण गर्दा निकै राम्रो हुनेछ । 

मिथुनः आज समय शुभ छ । अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुँनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमुलक कामहरु समयमा नै सम्पन्न हुँनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिनेहरुले प्रशस्त नाँफा कमाउँन सक्नेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुनाले एक अर्कालाई बिश्वास गर्दै जान सकिनेछ । बोलिको प्रभाव बढ्ने हुनालेबो लेरै राम्रा कामहरु गर्न सकिनेछ ।

मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । मिथुन राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन र पूजा, हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ भने प्रत्येक दिन बिहानै देवी लक्ष्मी वा दुर्गाको दर्शन गरी गणेशलाई रातो फूल अर्पण गर्दा तपाइँको मनोकांक्षा पूर्ण हुनेछ । 

कर्कटः आज समय निकै खराब छ । शत्रुस्थानको चन्द्रमाको प्रभावका कारण बाटो हिड्दा वा सवारी चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पानीसँग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेकोछ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुँने हुँदा पढाई लेखाईमा मन जाने छैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितिले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घर परिवारमा आफन्तबिच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउँन सक्छ सचेत रहनुहोला ।

कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले सोमवार शिवालयमा विशेष पूजा गरेर  सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ । यस्तै हरेक बिहान भगवान कृष्णको दर्शन गरी तुलसी, मिश्री र मख्खनको भोग लगाएमा राम्रो हुनेछ । 

सिंहः आज समय पनि अत्यन्त शुभ छ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा समृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाई लेखाईमा थोरै समय दिए पनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिमको जोश जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने विलासी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेकोछ ।

सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, शनिबार विष्णुको पूजा गरेर पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । हरेक दिन बिहान सूर्यनारायणको दर्शन गरी रातो गुलाफ हनुमानजीको चरणमा अर्पण गर्दा तपाइँको स्वास्थ्य राम्रो हुनेछ । 
कन्याः आज पनि समय राम्रो छैन । सामाजिक मान सम्मानमा आघात पुग्ने योग रहेकोछ । राजनीति तथा समाज सेवामा जनताको काम गर्न हर कोसिस गर्दा गर्दै नसकिने हुँदा आलोचनाको शिकार हुने योग रहेकोछ । घर परिवारबाट टाढा हुनुपर्दा नरमाईलो लाग्नेछ । पढाई लेखाईमा मन नजाँदा वा घर बस्न मन नलाग्दा अरु भन्दा पछि परिनेछ । आमा वा घर परिवारका आफूले मान्नु पर्ने मानिसहरुको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला । प्रेममा सामान्य खटपट हुने योग रहेकोछ ।

कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएका व्यक्तिहरूले हरियो कपडा लगाउने र गणेश भगवानको पूजा गर्नु लाभदायक हुन्छ । साथै हरेक दिन बिहान भगवान गणेशको दर्शन गरी देवी दुर्गालाई सेतो चामल अर्पण गर्नुहोस् ।

तुलाः आज पनि समय राम्रो छ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग रहेकोछ । व्यापार व्यावसायमा लगानी गरि मनग्गे पैसा कमाउन सकिनेछ भने नयाँ काम पाउँने तथा नोकरीमा बढोत्तरी हुने योग रहेकोछ । बुवा तथा आफन्तबाट सहयोग पाईने हुनाले महत्वूुर्ण कामहरु समयमा नै फत्ते गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ ।

तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामी राशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । प्रतिकूल समयमा देवीको दर्शन, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । यस्तै मंगलवार गणेशजी र शुक्रवार लक्ष्मी देवीको पूजा गर्नाले लाभ मिल्नेछ । यस्तै भगवान लक्ष्मीनारायणलाई कमलको फूल अर्पण गरी हनुमानलाई लड्ड् चढाउनु भएमा तपाइँले आँटे ताकेका कामहरु पूर्ण हुनेछ । 

वृश्चिकः आज समय मध्यम छ । व्यापार व्यावसायमा सन्तोषजनक फाईदा हुनेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अलि बढि नै संघर्ष गर्नुपर्नेछ । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोराछोरीबाट तपाईको काममा सहयोग हुनेछैन । वौद्धिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउदा मन खिन्न हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।
 
वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ । यस्तै भगवान विष्णु मन्दिरमा तुलसी रोप्नुहोस् र व्यापारी महानुभावहरुले यात्रा पूर्व श्रीराम स्तुति पाठ गर्दा राम्रो हुनेछ । 

धनुः आज पनि समय राम्रै रहने छैन । समाजमा सबैको काम गर्न खोज्दा आलोचना गर्ने तथा खुट्टा तान्नेहरु सक्रिह हुनेछन् । व्यापार व्यावसायबाट भनजस्तो आम्दानि नहुने हुदा आर्थिक अवस्था कमजोर रहनेछ । कुटुम्ब तथा आफन्तसँग सानो सानो कुरामा राय बाजिनेछ । माया प्रेममा अविश्वास सृजना हुने तथा श्रीमान श्रीमती बिच मनमुटाव बढ्न योग रहेकोछ । पढाई लेखाईमा प्रशस्त समय दिए पनि सोचेजस्तो नतिजा आउनेछैन ।

धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । यो राशि भएका व्यक्तिले पहेंलो रंगको कपडा लगाउँदा सफलता समल्नेछ । आफ्ना गुरुलाई सम्मान र गुरुमन्त्रको जप गर्ने बानी बसाल्दा राम्रो हुनेछ । यस्तै हरेक दिन हनुमानजीको दर्शन गरी पिपलमा जल र मिठाई अर्पण गरेर केशरीको टिका लगाउँदा तपाइँको परिवारमा शान्ति छाउनेछ ।

मकरः आज पनि समय भरपर्दोे रहनेछैन । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पति पत्निबिच घरायसी कुरामा विवाद सृजना हुनेछ । गोप्य सूचनाहरु बहिरिने हुदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । मनोबल कमजोर हुने हुनाले विद्या तथा प्रतिस्पर्धामा अरु भन्दा पछि परिनेछ ।
मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा राम्रो हुनेछ । यस्तै हरेक बिहान देवी गायत्रीको दर्शन गरी महत्वपूर्ण काममा जानुपूर्व सेतो फूल साथमै लादा राम्रो हुनेछ । 
कुम्भः आज पनि समय राम्रा छन् । यात्राका क्रममा उपलब्धिमूलक कामहरु गर्न सकिनेछ । व्यापारमा लगानि गरि मनग्गे आम्दानी गर्न सकिने तथ आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाई लेखाईमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै सफलता हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तिको राम्रो योग रहेकोछ ।

कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवको पूजा गर्ने, भोका व्यक्तिलाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ । यस्तै केराको बोटमुनी दियो बाली महत्वपूर्ण काम पूर्व हनुमानलाई मीठा पान अर्पण गर्दा तपाइँले गर्न खोजेका कामहरु पूर्ण हुनेछ । 

मीनः आज समय खराब छ । जे काम गर्नुहुन्छ त्यसमा अत्यन्त सतर्क हुन आवश्यक छ । वादविवाद तथा मुद्दा मामिलामा सहभागी नहुनुहोला नकारात्मक नतिजा आउनेछ । सकसपूर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यावसायमा सन्तोषजनक प्रगति हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुदा काम गर्न अफ्ठ्यारो महसूस हुनेछ । दाजुभाई तथा छिमेकीसँग पनि मनमुटाव बढ्नेछ ।

मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपिडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । यस्तै विष्णुलाई केसरीको टिका अर्पण गरेर र आफू पनि लगाउनुहोस् र लक्ष्मीलाई गुलियो प्रसाद अर्पण गर्नुहोस् यसले तपाइँको मनोकामना पूर्ण हुनेछ ।

साइतः आज चन्द्रमा सिंह राशिमा छन् त्यसैले पूर्व बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज बुधबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 
 
आजको शुभ लाभादि बेला 
बिहान ५ः५० बजेदेखि         ७ः२० बजेसम्म        लाभ बेला
बिहान ७ः२० बजेदेखि         ८ः५० बजेसम्म        अमृत बेला
बिहान ८ः५० बजेदेखि         १०ः२० बजेसम्म        काल बेला
बिहान १०ः२० बजेदेखि        ११ः५० बजेसम्म        शुभ बेला
बिहान ११ः५० बजेदेखि        १ः२० बजेसम्म        रोग बेला
दिनमा १ः२० बजेदेखि         २ः५० बजेसम्म        उद्धेग बेला
दिउँसो २ः५० बजेदेखि          ४ः२० बजेसम्म        चर बेला
दिउँसो ४ः२० बजेदेखि          ५ः५० बजेसम्म        लाभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ