arrow

लामो समयपछि भूकम्पको ठूलो धक्का, गोरखा भूकम्पकै पराकम्पन 

logo
प्रकाशित २०७७ भदौ ३१ बुधबार
earthquake-2072-ktm.jpg

काठमाडौं । बुधबार बिहानै गएको ६ रेक्टर स्केलको भूकम्प २०७२ साल बैशाख १२ गतेकै गोरखा भूकम्पको पराकम्पन रहेको छ । 

गोरखा भूकम्पमा आएको ७.६ रेक्टर स्केलको भूकम्पपछि आएका हजारौं पराकम्पनमध्ये पछिल्लो समय सबैभन्दा ठूलो पराकम्पन भएको पनि भूकम्पविद् लोकविजय अधिकारीले बताएका छन् । 

उनका अनुसार बर्खामास भएकाले गर्दा यसले थप जोखिम पुर्याउन सक्नेछ । 

उनले यो भूकम्पको धक्का स्याङजाभन्दा अझ पश्चिमसम्म पनि महसुस गरिएको बताए । यसले मध्यपूर्वका साथै पश्चिमसम्म धक्काको महसुस गराउँदा २०७२ को भूकम्पले नै ठूलो क्षति बेहोरेका सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा फेरि असर पारेको छ । 

सिन्धुपाल्चोकमा त्यही भूकम्पले कमजोर बनाएको जमीनले गर्दा पटक पटक पहिरो जाँदा थुप्रैको ज्यान गएको अवस्थामा बुधबार गएको भूकम्पको पराकम्पनले थप क्षति पुगेको आशंका गरिएको छ । 

सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दू भएर बुधबार बिहान ६ रेक्टर स्केलको भूकम्पको पराकम्पन गएको थियो । 

गोरखा भूकम्पले ९ हजार भन्दा बढीको ज्यान लिएको थियो भने हजारौं घाइते भएका थिए । गोरखा भूकम्पले पुर्याएको क्षतिपछि पुनर्निर्माण अहिलेसम्म पूरा भएको छैन । 

राम्चेमा केन्द्रबिन्दू भएर ६ रेक्टर स्केलको भूकम्प

काठमाडौंमा भूकम्पको धक्का



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ