arrow

सुशान्त ड्रग्स केसमा रियासँग ५५ प्रश्न, न्यायीक हिरासतमा

logo
प्रकाशित २०७७ भदौ ३१ बुधबार
sushan-rhea.jpg

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या (मृत्यु) पछि यस घटनालाई लिएर अहिलेसम्म बहस जारी रहेको छ । पछिल्लो समय सुशान्तको मृत्युसँग ड्रग्स (लागुऔषधि) पनि जोडिएपछि जेलमा रहेकी अभिनेत्री रिया चक्रवर्तीसमेत मुछिएकी छिन् । 

नार्कोटिक्स कन्ट्रोल व्यूरो (एनसीबी) ले ५५ प्रश्नको लिष्ट तयार गरेको थियो । यी प्रश्नको जवाफ दिएपछि रियालाई पुनः जेलमै राखिएको छ । 

लगातार तीन पटक भएको पुछताछमा एनसीबीको टिमले रिसासँग सुशान्त, शोविक (उनका भाइ) र स्यामुअब मिरान्डासँग जोडिएका प्रश्नहरु सोधिएको थियो । 

रियासँग पहिलो दिन ६ घण्टा, दोस्रो दिन ८ घण्टा तथा तेस्रो दिन ३ घण्टा गरी १७ घण्टामा ५५ प्रश्न सोधिएको हो । 

प्रश्नहरुको जवाफ दिँदा अताल्लिएकी रियालाई गत ८ सेप्टेम्बरमा गिरफ्तार गरिएको हो । रियालाई एनडीपीएस ऐनको धारा २० बी, २७ ए, २८ र २९ अनुसार गिरफ्तार गरिएको हो । 

रियामाथि नशायुक्त पदार्थको खरिद तथा लागूऔषध सिन्डिकेटमा सामेल भएको आरोप लगाइएको छ । उनलाई मुम्बईको भायखला जेलमा रहेकी छिन् । 

अदालतले दुई पटक उनको जमानतको याचिका खारेज गरिदिएको छ । 

एनसीबीले १७ जनालाई गिरफ्तार गरिसकेको छ । गिरफ्तार हुनेमा उनका भाइ शोविक चक्रवर्ती पनि सामेल रहेका छन् । दुवै जना २२ सेप्टेम्बरसम्म न्यायीक हिरासतमा रहेका छन् । 

उनीहरुलाई जमानतका लागि उच्च अदालतको ढोका ढक्ढकाउनु पर्ने हुन्छ । तर उनीहरुका वकिल सतिश मानसिन्देले भने उनीहरुले हतार नगरेको बताएका छन् । 

सुशान्तको आत्महत्याबारे उनका बाबुको नयाँ खुलासा

सुशान्तको हत्या कि आत्महत्या ?, खुल्यो वास्तविकता



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ