arrow

जुवाडेसहित तीन पक्राउ

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
805831025.jpeg
जितेन्द्र भण्डारी, पाँचथर । पाँचथर प्रहरीले कौडा र नगद सहित एक जना जुवाडेलाई पक्राउ गरेको छ । फिदिम २ पल्लोटारमा रहेको कँग्रेसका जिल्ला सचिव राजु श्रेष्ठको घरमा जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले फिदिम १ का खडग प्रसाद काफ्लेलाई पक्राउ गरेको छ । अन्य जुवाडेहरु काँग्रेस सचिव श्रेष्ठ सहित याङनाम घर भई फिदिममा बस्दै आएका राकेश थाम्सुहाङ,प्रेम थाम्सुहाङ,फिदिमकै अजित थापा र बरुण तुम्बापो फरार रहेका छन् ।

उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । जुवाखालबाट १६ थान कौडा सहित २९ हजार ५ रुपैयाँ नगर बरामद गरको प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । जुवाडेहरु विरुद्ध जुवा ऐन २०२० अन्तर्गत जिल्ला अदालतमा मुद्धा दर्ता गरी थप अनुसन्धान समेत गरीरहेको उहाँको भनाई छ । पाँचथरमा जुवा र तास निक्कै प्रतिष्ठित नेता,नागरिक समाजका अगुवा लगायतकै घरमा खेलाइने गरेको स्रोत बताउँछ ।

दुई युवा पक्राउ
बोतल प्रहार गरी घाईते बनाएको आरोपमा पाँचथर प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अमरपुर १ का १७ वर्षिय शौरभ सिगू र इलामको आमचोक ३ घर भई फिदिममा बस्दै आएका १६ वर्षिय आकाश भन्ने सरोज खड्कालाई पक्राउ गरिएको हो ।

उनीहरु विरुद्ध केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाइएको प्रहरी निरीक्षक रविराज थपलियाले जानकारी दिए । उहाँका अनुसार अभियुक्त दुवैले केहि दिन अघि फिदिम २ का दीपेन्द्र नेम्बाङलाई बोतल प्रहरी गरी घाईते बनाएका थिए । नेम्बाङको टाउको र निधारमा चोट देखिएको छ । उनको जिल्ला अस्पताल पाँचथरमा सामान्य उपचारपछि थप उपचारका लागि झापाको विर्तामोड स्थित वि एण्ड सि हस्पिटल रेफर गरिएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ