arrow

प्रियंका पतिका सात 'गर्लफ्रेन्ड'

logo
प्रकाशित २०७७ भदौ ३१ बुधबार
Jonas-priyanka.jpg

काठमाडौं। बलिउड स्टार प्रियंका चोपडाले सन् २०१८ मा अमेरिकी पप स्टार निक जेसससँग विवाह गरेकी हुन् । प्रियंका चोपडा र निक जोनससँग बिबाहले विश्वभरको ध्यान खिचेको थियो ।  प्रियंका र पप स्टार निक जोनस पहिलो भेट क्वान्टिकोको एक मित्रको माध्यमबाट भएको थियो ।

प्रियंका चोपडा र निक जोनस लस एन्जलसको एक विलासी बंगलामा बस्छन्।  २० हजार वर्ग फुटमा बनेको सो घरको मूल्य करिब २ अरब ४० करोडको छ। दुबैले यो घरलाई सजाएका छन्।

 विवाहपछि दुबै एक अर्कासँग अत्यन्तै खुसी छन्। उनिहरुले राजस्थानको जोधपुर शहरमा बिहे गरेका थिए । प्रियंकासँग विवाह बन्धनमा बाँधिएका निक लगभग ११ वर्ष कान्छा छन् ।  सन् १९९२ सेप्टेम्बरमा १६ जन्मेका निक २८ बर्ष पुगेका छन्।  निकले प्रियंकासँग प्रेम गर्नुभन्दा पहिले सात स्टारहरुसँग सम्बन्धमा रहिसकेका थिए। यहाँ हामीले तीनै सात पूर्व प्रेमिकाको बारेमा उल्लेख गरेका छौं ।

 १. माइली साइरस
निक जोनसको नाम पहिलोपटक माइली साइरसको साथमा जोडिएको थियो । समाचारमा बताइएअनुसार उनीहरुको भेट एक कार्यक्रममा भएको थियो । जतिबेला निक केवल १४ वर्षका थिए । यो अफेयर लामो समयसम्म भने टिक्न सकेको थिएन ।

२. सेलेना गोमेज
साइरससँगको रिलेसन छुटेपछि निक सेलेना गोमेजसँग डेट गर्दै गरेको पाइएका थिए । उनीहरुको रिलेसन २००८ मा सुरु भएको थियो । यद्यपि यो रिलेसन पनि लामो समयसम्म टिक्न सकेको थिएन ।

३. लिलि कोलिन्स
निकको अफेयरको चर्चा लिलिसँग पनि चलेको थियो । यद्यपि यो जोडी खुल्लारुपमा भने देखिएको थिएन । केही मानिसहरुका अनुसार सन् २००९ मा उनीहरु डेटिङको क्रममा फेला परेका थिए ।

४. डेल्टा गुडरेम
डेल्टासँग अफेयर चलिरहँदा निकलाई आफूभन्दा ठुलो उमेरकी केटी मनपर्ने गरेको बताइएको थियो । त्यतिबेला निक केवल १८ वर्षका थिए भने डेल्टा २८ वर्षकी थिइन् ।
 
५. ओलिविया कल्पो
मिस युनिभर्स भइसकेकी ओलिवियाको साथमा पनि निकको अफेयर चलेको थियो । समाचारमा बताइएअनुसार उनीहरुको अफेयर्स २०१३ मा सुरु भएको थियो भने सन् २०१५ मा उनीहरु अलग भएका थिए ।
 
६. क्यान्डर जेनर
ओलिवियासँग अलग भएसँगै निक मोडल क्यान्डर जेनरसँग जोडिएका थिए । सन् २०१५ मा उनीहरुको अफेयरको खुबै चर्चा चलेको थियो । यद्यपि केही समयमा नै उनीहरु अलग भएका थिए ।

७. केट हडसन
प्रियंकाभन्दा पहिला निकले एक अन्तर्वार्ताको क्रममा निकले केटसँगको आफ्नो सम्बन्ध निकै विशेष रहेको बताएका थिए । सन् २०१६ मा उनीहरुको सम्बन्धलाई लिएर धेरै चर्चा सुनिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ