arrow

इट्टा बोकेको डुङ्गा नारायणीमा डुब्यो, भारतीय कामदार बेपत्ता

logo
रबिन्द्र यादव,
प्रकाशित २०७७ भदौ ३१ बुधबार
Gandak-Barrage-over-Narayani-River.jpg.jpeg

नवलपरासी ।  नवलपरासी पश्चिमको नारायणी नदिमा डुङ्गा डुबेर एक पुरुष बेपत्ता भएका छन् । 

सुस्ता गाउँपालिका वडा नं. ५ ठाडीघाटबाट नदि पारी सुस्ताका लागी इट्टा बोकेर जादै गरेको डुङ्गा नारायणी नदिमा डुबेपछि डुङ्गामा काम गर्ने एक ब्यक्ति नदिमा डुबेर बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार डुङ्गामा ७ जना काम गर्ने ब्यक्तिहरु रहेका थिए । ६ जना आफै पौडी खेलेर निस्केका छन् । नारायणी नदिमा डुबेर बेपत्ता भएका ब्यक्तिको खोजी कार्य भइरहेको र बेपत्ता भएका ब्यक्ति भारतिय नागरिक अन्दाजी बर्ष ३२ को पुरुष रहेको र उनको थप पहिचान नखुलेको र खोजी कार्य भइरहेको प्रहरी चौकी रामनगरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ