arrow

सञ्चारकर्मी र प्रहरीसहित थप पाँच जनामा कोरोना पुष्टि

logo
प्रकाशित २०७७ भदौ ३१ बुधबार
covid-test-positive-corona.jpg

गण्डकी । गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना पुष्टि भएको छ । 

थपिनेमा एक पत्रकार र दुई पर्यटक प्रहरी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका– १३ घर भई हाल पोखरा महानगरपालिका–४ गैह्रापाटन बस्ने ३८ वर्षीय पुरुष सञ्चारकर्मीलाई संक्रमण पुष्टि भएको हो । 

त्यसैगरी पोखरा–६ मा दुई पर्यटक प्रहरीसमेत संक्रमित भएका छन् भने तनहुँ र नवलपरासीमा एक÷एक जना थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या तीन हजार १७१  पुगेको निर्देशनालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ