arrow

काम गरिरहेका वडासचिव कवीरामको मृत्यु, कोरोनाको आशंका

logo
प्रकाशित २०७७ भदौ ३१ बुधबार
Dead_Body.jpg.jpeg

जाजरकोट ।नलगाड नगरपालिका– १० का २६ वर्षीय वडासचिव कवीराम रोकाको मृत्यु भएको छ । कार्यक्षेत्रमा काम गरिरहेको समयमा बुधबार बिहान मृत्यु भएको हो । 

रुकुम पश्चिम सानीभेरी गाउँपालिका– १३ छिवाङ घर भएका रोका केही समयदेखि नलगाड–१० मा कार्यरत थिए । 

निरन्तर ज्वरो आउने, श्वास फेर्न समस्या हुने समस्याबाट पीडित भएको एक हप्ताभित्र मृत्यु भएको नगरपालिकाका प्रवक्ता राममाया हमालले जानकारी दिए ।

कोरोनाको आशंका गरिएका मृतक रोकाको स्वाब सङ्कलन गरी चौरजहारीस्थित कोरोना जाँच प्रयोगशालामा पठाउने तयारी भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ