arrow

जगदम्बा स्टिल्स र मंगला सिमेन्ट कारवाहीमा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ३१ बुधबार
gunastar_bibhag._._._._._._._._.jpg

काठमाडौं । सरकारले जगदम्बा सिमेन्ट र मंगला सिमेन्टलाई कारवाही गरेको छ ।

मापदण्ड विपरित स्टिल र सिमेन्ट उत्पादन गरी बिक्री वितरण गरेको भन्दै सरकारले दुवै उद्योगलाई कारवाही गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नेपाल नापतौल तथा गुणस्तर विभागले दुवै उद्योगका उत्पादनलाई कारवाही स्वरुप बिक्री वितरणमा रोक लगाएको हो ।

जगदम्बा सिमेन्टले टीएमटी बार १६ मिलिमिटर साइजको डण्डी मापदण्ड विपरित उत्पादन गरी बिक्री वितरण गर्ने गरेको पाइएको हो ।

सरकारी मापदण्ड अनुसार १६ मिलिमिटर साइजको डण्डीमा कार्बनको मात्रा बढीमा ३० प्रतिशत र सल्फरको मात्रा बढीमा ५५ प्रतिशत हुनुपर्छ । तर, जगदम्बाको टीएमटी बार १६ मिलिमिटर ब्राण्डमा कार्बनको मात्रा ३५ प्रतिशत र सल्फरको मात्रा ५५ प्रतिशत पाइएकोले विभागले कारवाही गरेको जानकारी दिएको छ ।

जगदम्बा स्टिल्सको १६ मिलिमिटर साइजमा इजाजत स्थगन गरी करिब ३ सय टन उत्पादनलाई विभागको प्रतिनिधिको रोहवरमा स्क्रयाब गरी बिक्री वितरणमा रोक लगाएको विभागले जानकारी दिएको छ ।

त्यस्तै मंगला सिमेन्टको पीपीसी ओम मंगला ब्राण्डमा ३ र ७ दिनको कम्प्रेसिभ स्ट्रेन्थ मान क्रमशः १४ एमपीए र १९ एमपीए निस्केपछि नमुना संकलित ब्याचको सम्पूर्ण उत्पादन बजारबाट फिर्ता, बिक्री वितरण बन्द गर्ने र दुई हप्ता भित्र स्पष्टिकरण माग गर्ने गरी कारवाही गरेको हो ।

मापदण्ड अनुसार पीपीसी सिमेन्टमा ३ र ७ दिनको कम्प्रसिभ मान क्रमशः १६ एमपीए र २२ एमपीए हुनुपर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ