arrow

इजरायलतर्फ १५ वटा क्षेप्यास्त्र प्रहार त्यसपछि हवाई कारबाही

logo
एएनआई,
प्रकाशित २०७७ भदौ ३१ बुधबार
rocket-attack.jpg

तेलअभिभ । इजरायली सेनाले गएराति प्यालेस्टिनीहरुको बसोबास रहेको गाजापट्टीबाट इजरायलतर्फ १५ वटा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ । 

त्यसको जवाफमा सेनाले गाजा क्षेत्रमा रहेका हमासका लडाकूहरु लुकेर बसेका क्षेत्रलाई लक्षित गरी हवाई कारबाही गरिएको बताएको छ । इजरायली सेनाले हमासका हातहतियार निर्माण स्थल तथा सैनिक परिसरलाई ध्वस्त बनाएको दाबी गरेको छ । 

इजरायली सेनाको वक्तव्यमा भनिएको छ, “गाजा क्षेत्रमा रहेका आतंककारीहरुले गएराति इजरायलतर्फ १५ वटा क्षेप्यास्त्र प्रहार गरेका थिए । त्यसको बदलामा इजरायली हवाई फौजले गाजास्थित हमासका ठेगानाहरुमा फौजी कारबाही गरेको छ ।”

इजरायली सेनाले इजरायली भूमिलाई लक्षित गरी कुनै कारबाही भए त्यसको जवाफ दिन इजरायल सक्षम रहेको बताएको छ । 

यसअघि इजरायली सेनाले दक्षिणी इजरायलमा हवाई साइरन बजाएको जनाएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ