arrow

हैरान पार्यो नारायणगढ–मुग्लिन सडकखण्डले, केराबारीमा पहिरो

logo
प्रकाशित २०७७ असोज २ शुक्रबार
narayanghad-mugling-pahiro.jpg

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा शुक्रबार बिहान पहिरो खसेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार चौध किलो र सत्र किलोको पहिरो हटाइसकिएको छ भने केराबारीमा गएको पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोसँगै झरेको लेदोले  करिब १०० मिटर सडक ढाकेको उनले जानकारी दिए । 

पहिरो पन्छाउन तीन घण्टासम्म लाग्नसक्ने भट्टको अनुमान छ । पहिरोका कारण सो सडकखण्ड हुँदै चल्ने सवारी साधन बाटोमा रोकिएका छन् । 

सो सडकमा सोमबार रातिदेखि पटकपटक पहिरो खस्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ