arrow

डोटीका स्थानीय तहका स्वास्थ्य संयोजकहरु सम्मानित

logo
प्रकाशित २०७७ असोज २ शुक्रबार
swasta-samyojak.PNG

डोटी । विश्वव्यापी रुपमा फैलिएको  कोरोना महामारी नियन्त्रण र रोगथाममा महत्वपूर्ण योगदान दिएको भन्दै स्वास्थ्य कार्यालय, डोटीले जिल्लाका नौवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुलाइ सम्मान गरेको छ ।

कार्यालयले शुक्रबार आर्थिक वर्ष २०७६/०७७ बार्षिक समिक्षा गोष्ठीमा उनीहरुलाई टोपी, दोसल्ला र पुस्पगुच्छाले सम्मान गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले हाम्राकुरालाइ जानकारी दिए ।

 मलासिले भने ,´जिल्लामा स्वीकृत दरवन्दीको करीव ३५ प्रतिशत स्वास्थ्यकर्मीको पद रिक्त छ।` जनशक्ति कम हुदा पनि उहाँहरुले रातदिन खटेर काम गर्नु भएको छ। उनीहरुको खटाइ सम्मानयोग्य छ ।`

क्वारेन्टिन व्यवस्थापन, स्वाब संकलन, संक्रमितको हेरचाह, सूचना  सम्प्रेषणमा स्थानीय तहका स्वास्थ्य संयोजकहरुको महत्वपूर्ण भूमिका रहेको मलासीले बताए । उनले भने, स्वास्थ्यकर्मीको दरबन्दी रिक्त हुदाँ निकै समस्या भएको छ । जिल्लामा शुक्रबारसम्म एक हजार ४६ जनामा संक्रमण पुष्टि भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ