arrow

सन्तानको तयारीमा करीना, जीवनका केहि किस्सा

logo
प्रकाशित २०७७ असोज ६ मंगलबार
kareena-saif-taimur.jpg

काठमाडौं । सैफ अली खान र करीना कपूरको विवाह भएको ८ बर्ष भन्दा ज्यादा भएको छ । दुवैले सन् २०१२ मा विवाह गरेका थिए । सोमबार करीनाको ४० औँ जन्मदिन मनाइन् । २१ सेप्टेम्बर १९८० मा जन्मिएकी करीना कपूर  पछिल्लो समय गर्भवती भएकी छन् ।  भारतिय मिडियाका अनुसार अभिनेत्री करीना कपूर फेरि आमा बन्ने भएकी छिन् ।  करीनाले तैमूरपछि अर्को सन्तानलाई जन्म दिन लगेकी छन् ।  सैफले  फेरी आफु बाबु बन्न लागेको जानकारी दिएका थिए।

 छोरा तैमुरलाई जन्म दिएको करिब ४ वर्षपछि फेरि परिवारमा नयाँ सदस्य थप गर्न लागिएको खान परिवारले जनाएको छ ।   सैफले भनेका छन् ‘हामी हाम्रो परिवारमा अर्को एक नयाँ सदस्यको पर्खाईमा छौं भनेर खबर सुनाउन पाउँदा निकै खुसी भएका छौं । हाम्रा शुभचिन्तकका माया र समर्थनका लागि सधैं आभारी छौं ।’ करीना अभिनेता सैफ अलि खानकी कान्छी श्रीमती हुन् । 

केहि बर्ष डेटपछि सैफ र करीनाले १६ अक्टोबर २०१२ मा विवाह गरेका थिए । यसभन्दा पहिले सैफ अली खानले अमृता सिंहसँग विवाह गरेका थिए । उनिहरु बिच सम्बन्धविच्छेद भएको थियो । सैफ र अमृताका दुई सन्तान रहेका छन् सारा अली खान र इब्राहिम अली खान। करीना कपूर खानबाट सैफको एक छोरा रहेका छन्  तमूर भने नयाँ सदस्य थपिदै छन्।

करीना कपूर परिवारका साथै आफ्नो काममा पनि व्यस्त छिन्। करीना कामबाट समय पाएसँगै आफ्नो छोरा तैमूरसँग समय बिताइरहेको देखिन्छन्। कुनै स्टारको छोराछोरी हुनुले कत्तिको अर्थ राख्छ भन्ने विषयमा जानकारीका लागि सैफ अली खान र करिना कपुरका छोरा तैमूरलाई हेर्दा हुन्छ । उनको लवाइ खुवाइदेखि चालढाल लगायतका विषयहरु निकै चासोका साथ हेर्न थालिएको छ । तैमूरसँगै उसको स्यहार गर्ने महिला पनि अक्सर देख्न सकिन्छ ।

यस्तोमा खासै धेरै चर्चामा नआएको विषय हो – तैमूरको स्याहार गर्ने महिलाको सुविधाहरु ।  धेरै संचारमाध्यमहरुमा करीनाले तैमूरको नैनीलाई डेढ लाख रूपैयाँ मासिक तलब दिन्छन् भनेर दाबी गरिएको थियो।  एक अन्तरवार्तामा करीनाले तैमूरको सुसारेको तलबको प्रश्नमा भनेकी छन् - ' के साँच्चै? तर म यसको बारेमा कुरा गर्न चाहन्न ।' २०१९ मा, करीना अरबाज खानको शो पिन्चमा करीनाले  'तपाईको बच्चालाई खुशी र सुरक्षित राख्नको कुनै मूल्य छैन ' भनेकी थिइन् ।

तैमूरको हेरचाहका लागि राखिएको स्याहार गर्ने महिलाको नाम सावित्री हो । तैमूरको हेरचाहका लागि राखिएकी उनी धेरैजसो तैमूरको साथमा देखिन्छन् । सेतो ड्रेस र चस्मा लगाएर उनलाई तैमूरको हरेक सानाठूला चिजहरुको ध्यान दिनुपर्ने जिम्मेवारी रहेको छ । उनले तैमूरलाई आमाको कमी हुन दिएकी छैनन्। करिना कपुर विभिन्न फिल्मको काममा व्यस्त हुने गरेकोले उनको जिम्मेवारी उनले पूरा गर्ने गरेकी छिन् ।

स्याहार गर्ने महिलालाई नैनी भनेर बोलाइने गरिन्छ। नैनीले आईएएस र आईपीएसभन्दा पनि बढी तलब लिने गर्छिन्। उनको तलब सुन्दा एमबीए र आईटी प्रोफेसनल्सको पनि होस उड्ने गर्छ। सावित्रीको तलब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बराबर रहेको छ ।

समाचारमा बताइए अनुसार तैमूरको एक महिनाको तलब एक लाख ५० हजार भारतीय रुपैयाँ रहेको छ । यदि केही कारणवस थप केही काम गर्न परेको खण्डमा यो रकम बढेर एक लाख ७५ हजारसम्म पुग्ने गरेको छ। यसका साथै उनलाई एक कार पनि दिइएको छ, जसमा राखेर उनले तैमूरलाई कतै बाहिर घुमाउन सकुन् । यदि सैफ अली खान र करिना खान कतै विदेश भ्रमणमा जाँदा नैनी पनि तैमूरसँगै जाने गरेकी छिन्।

बलिउडको 'डिभा'का रूपमा परिचित करीना कपूर  एक ट्यागबाट अप्ठ्यारोमा पर्ने गरेकी छन् । एक अन्तर्वार्तामा करीना कपूरले भनेकी थिइन 'म सधैं 'डिभा' भएको छविसँग संघर्ष गर्दैछु। मलाई थाहा छैन यो कहाँबाट सुरु भयो। मलाई लाग्छ कि यो 'पू' चरित्रबाट शुरू भयो र यो त्यहाँ समाप्त भयो। मानिसहरू जहिले पनि मेरो बारेमा यसरी सोच्दछन्। सुरुमा म धेरै क्रोधित हुने गर्थें, तर अब मलाई डेवाको ट्यागसँग आपत्ति छैन।

सैफ अली खानकी छोरी सारा अली खानले बिस्तारै बलिउडमा पहिचान बनाउदै छिन् । सारा र करीना बीच राम्रो सबन्धन देखीन्छ। सौतेनी आमाको रूपमा धेरै पटक करीनालाई साराको साथ उनको सम्बन्धको बारेमा प्रश्न उठ्ने गरेको छ । करीनाले यसमा भन्छिन्, 'मानिसहरूले अझै पनि मलाई सौतेनी आमा भन्छन् र मलाई कुनै विचार छैन किनभने यो त्यस्तो छैन। म मेरो जीवनलाई यसरी हेरिरहेको छैन र मलाई लाग्छ कसैले पनि त्यसो गर्नु हुँदैन। '

करीना कपूरले आफ्नो करियरमा धेरै भूमिका खेलेकी छिन्। 'कभी खुशी कभी गम' मा उनी आधुनिक 'पू' र 'जब वी मेट', मा देसी चुब्बुली 'गीत' । करीनाले कहिले पनि अफबीट क्यारेक्टरहरू खेल्न पनि इन्कार गरिनन्। उनले 'चमेली' मा वेश्याको भूमिका खेलेकी थिइन र 'हीरोइन' मा उनी महत्वाकांक्षी अभिनेत्री भइन्।करीनाले आफ्ना शीर्ष चरित्रहरूको बारेमा कुरा गरेकी छन् जसमा उनले आफ्नो नग्न दृश्यको पनि उल्लेख गरिन्।

निर्देशक मधुर भण्डारकरले निर्देशित २०१२ मा फिल्म 'हिरोइन' पर्दामा केही खास काम गर्न सकेन, तर करीनालाई अझै पनि यस फिल्ममा उनको चरित्र मनपर्छ। यस फिल्ममा करीनाले नग्न दृश्य पनि दिएकी थिइन। करीनालाई 'हिरोइन' बाट धेरै आशा थियो तर उनले यस फिल्ममा अभिनय गरेको चरित्रको आलोचना भयो। यस फिल्ममा दिइएको नग्न दृश्यबारे करीनाले भनिन्, "यस फिल्मको बारेमा जसले जे भने पनि म गर्व महसुस गर्छु।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ