arrow

आइएसले दिएको आक्रमणको धम्कीले न्युयोर्कमा सतर्कता

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
2083795419.jpeg
न्युयोर्क । मुस्लिम अतिवादी समूह, आइएसले दिएको भनिएको आक्रमणको पछिल्लो धम्कीले न्युयोर्कमा सतर्कता अपनाइएको समाचार छ । हालैमात्र मुस्लिम जिहादी समूह, आइएसले दिएको धम्कीमा न्युयोर्कमा पनि हमला हुनसक्ने बताएको थियो । सो धम्कीप्रति सहरमा सतर्कता अपनाइएको समाचारमा जनाइएको छ । तर त्यस्तो कुनै खतरा भने हाललाई नरहेको न्युयोर्क प्रहरीले जनाएको छ । आइएसले हालै सो भिडियो सार्वजनिक गरेको थियो । 
 
न्युयोर्क सहरका मेयर बिल डे ब्लासियोले भनेका छन्– यस सहरका नागरिक यस्ता धम्कीले डराउने र आफ्ना दैनिक क्रियाकलापहरुमा परिवर्तन ल्याउनेवाला छैनन् । यो हाम्रो प्रजातान्त्रिक समाजमा बिचलन ल्याउने र आतंकित पार्ने प्रयास मात्र हो र यस्ता धम्कीबाट हामी बिचलित हुदैनौँ– मेयरले भनेका छन् । 
 
आतङ्ककारीहरुको उद्देश्य नै यसरी नागरिकलाई आतङ्कित पार्ने भएकोले यस्ता धम्कीले यस नगरका नागरिकका दिनचर्या फेरिँदैनन्– उनको भनाई छ । मेयर ब्लासियोले भने– त्यस धम्कीपूर्ण भिडियो कुनै विश्वसनीय छैन र पछिल्लो समयमा आएको भनिएको सो भिडियोको कुनै अर्थ पनि छैन । 
 
उनले न्युयोर्क सहरमा अतिरिक्त प्रहरी र सुरक्षा व्यवस्था उपलब्ध गराइएको र सुरक्षाका भरपर्दा र अत्याधुनिक मापदण्डहरु पनि अपनाइएको बताउनभुयो । आइएसले गत शुक्रबारमात्र फ्रान्सको राजधानी पेरिसमा आतङ्कवादी हमला गरेका थिए । सो हमलामा परी कम्तीमा पनि १२९ जनाको ज्यान गएको थियो । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ