arrow

बुहारीलाई पटकपटक करणी गर्ने जयबहादुर समातिए

logo
प्रकाशित २०७७ असोज ७ बुधबार
Rape.jpg.jpeg

भोजपुर । आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । 

प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । 

राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पक्राउ परेका राईले गत साउन १६ गते र भदौ ३१ गते जबर्जस्ती करणी गरेको पीडित महिलाको उजूरीमा उल्लेख छ । 

प्रहरीले म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ