arrow

न्युरो अस्पताल लगिएका पुरुषमा संक्रमण, प्रतिष्ठानमा मृत्यु

logo
प्रकाशित २०७७ असोज ७ बुधबार
Dead_Body.jpg.jpeg

लहान । कोरोना संक्रमणबाट सिरहामा बुधबार थप एक पुरुषको मृत्यु भएको छ ।  कोरोना संक्रमण भई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सिरहा, गोलबजार नगरपालिका –१ निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको हो । 

गोलबजार नगरपालिका स्वास्थ्य शाखा प्रमुख सरोज कर्णका अनुसार मस्तिष्काघातका साथै टाउको दुख्ने जस्ता समस्या देखिएपछि उनलाई विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । 

त्यहाँ कोरोना परीक्षण गर्दा मङ्गलबार साँझ कोरोना संक्रमण पुष्टि भएपछि नलाई थप उपचारका लागि बिपी कोइराला प्रतिष्ठानमा रेफर गरिएको थियो । त्यहाँ उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य प्रमुख कर्णले बताए । 

यससँगै कोरोना सङ्कमणबाट सिरहामा मृत्यु हुने १२ जना पुगेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ