arrow

सरकारलाई विद्यार्थी संगठनहरुको तीन बुँदे माग, सवारीमा विद्यार्थी कार्ड किन नचल्ने ?

हवाइजहाजमा चढ्दा कोरोना सर्दैन ?

logo
प्रकाशित २०७७ असोज ८ बिहिबार
120031991_2748652062079579_.jpg

काठमाडौं । विभिन्न विद्यार्थी संगठनहरुले सार्वजनिक यातायातमा दिइदै आएको विद्यार्थी सहुलियत कडाइका साथ लागु गर्न माग गरेका छन् । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई मागपत्र बुझाउँदै विद्यार्थी संगठनहरुले कोरोना भाइरसको संक्रमणका बेलामा भाडा बढाइएको भन्दै आफ्नो घर गएका विद्यार्थीहरुले दोब्बर भाडा तिर्नु गलत भएको भन्दै उक्त बढाइएको भाडा खारेज गर्न मागसहित विद्यार्थी सहुलियत दिन माग गरेको नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले जनाएका छन् । 

सरकारले लकडाउन लाग्नुअघि विद्यार्थीलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट दिँदै आएको थियो । तर लामो दूरीका यातायातमा भने छुट सुविधामा व्यवसायीले ठगी गर्दै आएका थिए ।

कोरोनाको बहानामा सामाजिक दूरी अपनाउनु पर्ने भन्दै सरकारले आधा मात्र यात्रु राख्न पाउने भनेपछि भाडा ५० प्रतिशत वृद्धि भएको थियो । 

विद्यार्थी संगठनहरुले भाडा फिर्ता लिनसमेत माग गरेका छन् । 

उनीहरुले बढी भाडा असुल्ने यातायातलाई कार्वाही गर्नुपर्ने, हजाइबहाजमा पूर्ण क्षमतामा यात्रु राख्न दिने र सार्वजनिक बसमा क्षमताभन्दा आधा यात्रु राख्न भन्ने विभेदपूर्ण र अविवेकी निर्णय भएको भन्दै के हवाइजहाजमा यात्रा गर्दा कोरोना सर्दैन ? भनी प्रश्न समेत गरिएको छ । 

विद्यार्थीहरुले आफ्ना तीन बुँदे माग ७ दिनभित्र पूरा नभए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने पनि जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ