arrow

प्रचण्ड पोलिटव्यूरो माग्ने, ओली महाधिवेशन भन्दै टार्ने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ८ बिहिबार
ncp-meet-mcc-oli-prachanda.jpg

काठमाडौं । कडा शक्ति संघर्षबाट गुज्रिएको सत्तारूढ दल नेकपामा अन्ततः झगडाको मैझारो भएको भनिएपनि पोलिव्यूरो गठन गर्ने कि नगर्ने भन्नेमा अल्झिएको छ । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको जिम्मेवारी बाँडफाँडको सन्तुलन मिलाउन पोलिटव्यूरो गठन गर्ने विषयमा सहमति जुट्न सकेको छैन । ओली प्रचण्डको बिहिवारसहित दुई पटकको भेटमा पोलिटव्यूरो गठनबारे कुराकानी भएपनि सहमति जुट्न नसकेको हो । पार्टी एकिकरणको कामलाई १० दिनभित्र टुंगो लगाउने भन्दै मंगलबारको सचिवालय बैठकले ओली प्रचण्ड र महासचिव विष्णु पौडेललाई खाका तयार पार्न दिएको छ। त्यसको पोलिटव्यूरो गठनको विषय पनि जोडिएको थियो । यद्यपि ओली भने पोलिटव्यूरो गठनमा सहमत हुन सकेका छैनन ।

राजनीतिक दल सम्बन्धी अध्यादेश प्रकरणसँगै चर्किएको विवाद पाँच महिनापछि भदौ अन्तिम सातामा नेताहरुले टुंग्याएका थिए । तर पार्टी एकता भएदेखिनै गठन हुन नसकेको पोलिटव्यूरो गठनमा ओली सहमत हुन नसक्दा अहिलेसम्म रोकिएको छ । ‘प्रचण्डले पोलिटव्यूरो पनि बनाएर जाऔं भन्नु भएको थियो तर ओलीले महाधिवेशन गर्नुपर्ने भएपछि अहिले बनाउन जरुरी छैन भनेपछि रोकिएको छ’, नेकपा उच्च स्रोतले भन्यो । अध्यक्षद्वय ओली प्रचण्डले गत भदौको अन्तिम साता स्थायी कमिटी बैठकमा पेस गरेको साझा प्रस्तावपनि पार्टी संगठनलाई एकताबद्ध बनाउन केही कमिटीहरु हेरफेर गर्ने, जिम्मेवारीहरु हेरफेर गर्ने उल्लेख छ । 

प्रधानमन्त्री ओलीले आफ्नो सत्ता कायमै राख्न ओली र दाहालबीच गत मंसिर ४ मै कार्यविभाजन भएको थियो । तर, त्यो सहमति कार्यान्वयन नभएको गुनासो प्रचण्डले पटक पटक गरेपछि त्यसलाई थप प्रस्ट गरी दुई अध्यक्षले विवाद मिलाउन भागबण्डामा सहमति गरे । त्यसपछि पार्टी हेर्ने जिम्मेवारी पाएका प्रचण्डले पोलिटव्यूरो गठनको प्रस्ताव गरेका हुन् । तर ओलीले सुनुवाई गरेका छैनन । ‘स्थायी कमिटीमा बहुमत सदस्य ओली विरुद्ध रहेका बेला बैठक नै बस्न सक्ने अवस्था नभएको पोलिट्व्यूरो गठन पछि ओली विरोधी क्याम्पमा सदस्यहरु थपिदै जाने भएपछि उनी पोलिट्व्यूरो बनाउन चाहदैनन’, नेकपा एक स्थायी कमिटी सदस्यले भने । उनका अनुसार ओली आफूलाई अप्ठ्यारो हुने काम गर्दैनन । तर अरुलाई अप्ठ्यारोमा पारिरहन्छन् । 

ओलीले पार्टी एकताका काम सम्पन्न गरेर महाधिवेशनमा जाने निर्णयसमेत गसिसकेको अवस्थामा पोलिटव्यूरो गठनको औचित्य नहुने भन्दै टारेको स्रोतको दावी छ । ओली नेतृत्वको सरकारले कोभिड कहरका बेला गत वैशाखमा दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश ल्याएपछि पार्टीमा विवाद चर्किएको थियो। ओली र दाहालबीचको अन्तरसंघर्षले नेकपालाई विभाजनकै मुखमा धकेलेको थियो ।

प्रधानमन्त्रीले वैशाख ८ मा अध्यादेश ल्याएपछि त्यसको पर्सिपल्ट २० नेताले गम्भीर असहमति जनाउँदै त्यसबारे पार्टीमा छलफल गर्न स्थायी समिति बैठक माग गरेका थिए । त्यसपछि बैठक राख्ने नराख्ने, एजेन्डा के बनाउने र नबनाउने भन्नेजस्ता विषयमा दुई अध्यक्षबीच असमझदारी बढेर पदीय जिम्मेवारीकै शक्ति संघर्ष देखिएपछि असार १० मा सुरु भएको स्थायी समिति बैठक कार्यसूचीभन्दा विषयान्तर हुँदै प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा माग भएपछि बैठक बस्न नसक्ने गरी भाँडभैलो मच्चिएको थियो । ओलीले १४ असारमा मदन स्मृति दिवसका अवसरमा दिएको अभिव्यक्तिकै आधारमा १६ असारको पार्टी बैठकमा उनको राजीनामा माग भएपछि नेकपाभित्रको दृश्य फरक देखिएको थियो ।

त्यहीबीच ओलीले असार १८ मा संसद् अधिवेशन अन्त्य गरिदिए । त्यसपछि दुई अध्यक्षबीच झनै अविश्वास देखिएको थियो । १३ साउनमा पुग्दा भने विवादले यति उग्ररूप लियो कि ओली पक्ष बैठक रोक्ने र दाहाल र नेपाल पक्ष बैठक राखेर जानेसम्मको अवस्था निम्तियो । यस्तो अवस्थामा पनि ओलीले पार्टीलाई आफ्नो अनुकुलमा ल्याएर विवाद सुल्झाउने काम गरेको बेला पोलिट्व्यूरो गठनमा ओलीले सहमति नदिने स्रोतको दावी छ । अहिले नै पोलिट्व्यूरो बनाउन दिए पार्टीमा विस्तारै विस्तारै प्रचण्डलाई सजिलो हुने भएकाले ओली तत्काल टारेर महाधिवेशनमै जाने जोडमा रहेको स्रोतको दावी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ