arrow

रुपन्देहीमा तिनाउ नदीको बाढीले घर बगायो (भिडियो)

logo
नारायण वली,
प्रकाशित २०७७ असोज ८ बिहिबार
rupandehi-badi.jpg

रुपन्देही । केही दिन देखि परेको अबिरल वर्षाका कारण तिनाउ नदीमा आएको वाढीले विहिवार (बिहिबार) एउटा घर वगाएको छ । तिनाउ नदी किनारमा रहेको घर बगाएको हो । रुपन्देहीको बुटवल उप–महानगरपालिका वडा न–१७ रानीगञ्ज स्थित (मगरघाट) मा रहेका केही घरहरु बगाउनुको साथै अन्य घरहरु जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

बुटवल उप–महानगरपालिका वडा न–१७ स्थित प्रेम कुमारी खाम्चाको ४ कोठे ब्लक जडान भएको जस्ता पाताले छाएको घर बगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले बताएका छन् । खाम्चाको घर सहित लत्ताकपडा अन्य सामानहरु वगाएको छ भने, तर मानवीय क्षति भने नभएको प्रवक्ता खत्रीले जानकारी दिए । 

त्यस्तै सोही स्थानका सुन्दर गन्दर्भको पनि शौचालय र बाथरुम समेत बगाएको छ । त्यसैगरी सोही स्थानमा बस्ने गणेश गैरे, तिलक गैरे र पुरुषोत्तम पुरीको घर जोखिम रहेकाले घरमा रहेका सामानहरु वाहिर सुरक्षित स्थानमा राखिएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथै, सो क्षेत्रका वासिन्दाहरुलाई वर्षा अवधिभर सर्तक रहन अपिल गरिएको वताईएको छ ।

सो क्षेत्रमा तटवन्ध नभएकाले घर वगाएको त्यहाँका स्थानियहरुले वताएका छन् । उनीहरुले भने, तटवन्ध निर्माणका लागि बुटवल उप–महानगरपालिकामा आग्रह गरियो, तर सुनुवाई गरिएन, जसले गर्दा घर वग्यो, भने अरु घरहरु जोखिममा रहेको भन्दै आफुहरु असुरक्षित रहेको दुखेसो पोखे ।

c



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ