arrow

निमोनिया देखिएर अस्पताल लगिएका पुरुषको मृत्युपछि कोरोना पुष्टि

logo
प्रकाशित २०७७ असोज ८ बिहिबार
Dead_Body.jpg.jpeg

चितवन । जिल्लामा एक जनाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । 

भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत् बारा कलैया नगरपालिका वडा नं १० का ७७ वर्षीय पुरुषको मृत्युपछि बिहिबार संक्रमण पुष्टि भएको हो । 

ती पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए ।
 
यही असोज ३ गते ज्वरो र निमोनियाको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । 

बिहिबार नै चितवन मेडिकल कलेजमा उपचारत् एक युवकको पनि कोरोना संक्रमणबाट  मृत्यु थियो  ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ