arrow

मिर्गौला रोगी पुरुषको आईसीयूमा संक्रमणबाट मृत्यु

logo
प्रकाशित २०७७ असोज ९ शुक्रबार
covid-test-corona.jpg

बुटवल । बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका एक पुरुषको शुक्रबार अपराह्न मृत्यु भएको छ ।

 ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएर शुक्रबार नै कोरोना अस्पताल पुगेका बुटवल उपमहानगरपालिका–१० का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको ३.४५ बजे मृत्यु भएको हो । 

अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले  उनको स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरसहित सघन कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेका अवस्थामा मृत्यु भएको जानकारी दिए । 

उनी लामो समयदेखि मिर्गौलाको रोगी रहेको जनाइएको छ । यससँगै कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ