arrow

ललितपुर महानगरका मेयर चिरिबाबु सहित दुई नगरपालिकाका मेयरलाई कोरोना पोजेटिभ

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ९ शुक्रबार
chiribabu1.JPG

ललितपुर । ललितपुर जिल्लाको महानगरपालिकासहित दुईवटा नगरपालिकाका मेयरहरुलाई कोरोना पोजेटिभ देखिएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरस संक्रमण देखिएको छ। उनलाई संक्रमण भएको पुष्टी महानगरपालिकाका प्रवक्ता राजु महर्जनले गरेका छन् । मेयर महर्जन बिहिवार स्वास्थ्य जाँचका लागि पाटन अस्पताल पुगेका थिए । उनी संक्रमित भएको पुष्टि शुक्रवार भएको हो। मेयर महर्जन घरमै आइसोलेसनमा छन् ।

यसैगरि ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई कोरोना भारइस पोजेटिभ देखिएको छ । मेयर महर्जन लकडाउनको समयमा पनि दिनरात नभनी खटिँदै आएका थिए । सोही क्रममा मेयर महर्जन कोरोना भाइरस संक्रमित भएका हुन् । अहिले महर्जन घरमै आइसोलेसनमा बसी उपचार गराइरहेका छन् । मंगलबार स्वाब संकलन गरी राष्ट्रिय प्रयोगशाला टेकुमा परीक्षण गरेको उनको कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

मेयर महर्जनसहित उनकी श्रीमती गंगामाया महर्जनमा पनि कोरोना पोजेटिभ देखिएकोले सबै होम आइसोलेसनमा बसिरहेको मेयर महर्जनले बताएका छन् ।

यसअघि ललितपुरकै महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । दुवैजना हाल आइसोलेसनमै छन् ।

ललितपुर जिल्ला बचत तथा ऋण सहरकारी संघका अध्यक्ष रामहरि बजगाईलाई पनि कोरोना भाईरस पुष्टि भएको छ । अग्रपंक्तिमा रही कार्यालय संचालन गरिरहेका संघका अध्यक्ष रामहरी बजँगाई श्रीमती सीता घिमिरेसहित करिव १७ जना कर्मचारी र संघका संचालकहरुको पीसीआर टेष्टको लागि नक्सालस्थित सेन्ट्रल प्याथोलोजी ल्याबमा स्वाब संकलन गरी परिक्षण गरिएको थियो । जसमा अध्यक्ष बजगाई दम्पतीमा कोरोना पोजेटिभ देखिएको छ ।

बजगाँईले ज्वरो तथा टाउको दुखेपछि स्वाब दिएको र परीक्षक पश्चात पोजिटिभ आएको बताए । बजगाई दम्पती सीता घिमिरे दुबै जनाको स्वास्थ्य अबस्था सामान्य रहेको र होम आईसोलेसनमा बसेको बजगाँईको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ