arrow

पाकिस्तानमा शिखमाथिको अत्याचारको विरोधमा दिल्लीमा एसएडीको प्रदर्शन

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज ९ शुक्रबार
Pakistan-Flag.jpg.jpeg

नयाँ दिल्ली । शिरोमणि अकाली दल (एसएडी) ले पाकिस्तानमा अल्पसंख्यक शिख समुदायका सदस्यहरूमाथि भएको अत्याचारविरुद्ध भारतको राजधानी नयाँ दिल्लीको किशोर मुर्ति क्षेत्रमा बृहत विरोध प्रदर्शन गरेको छ। 

पाकिस्तानविरुद्ध नारा लेखिएका प्लाकार्ड सहित उनीहरुले नाराबाजी गरेका थिए । तीनै मध्येका एक प्रदर्शनकारीले भने, “हाम्रा धेरै छोरीहरु अपहरण गरिएका छन् र जबरजस्ती धर्म परिवर्तन गराइएका छन् । उनीहरुलाई तत्काल रिहा गरिनुपर्छ ।" 

"यो नागरिकको सुरक्षा सुनिश्चित गर्नु सरकारको कर्तव्य भए पनि पाकिस्तान सरकार यस सम्बन्धमा गम्भीररूपमा असफल भएको छ । त्यहाँका चेलीबेटीहरू उनीहरूको धर्म परिवर्तन गर्न बाध्य छन् । हामी सबै छोरीहरुलाई सुरक्षित आफ्नो घर फर्काउनका लागि माग गर्दछौं । हाम्रा मुस्लिम बहिनीहरू र भाइहरू पनि यस विरोधमा हामीसँगै आएका छन्,” उनले थपे ।

आन्दोलनकारीहरूले बोकेका प्लेकार्डमा लेखिएको छ, "पाकिस्तानमा शिख छोरीबहिनीहरूको सुरक्षा सुनिश्चित गर्ने र पाकिस्तानमा उत्पीडन रोक्नुहोस् ।"

अर्का महिला प्रदर्शनकारीले शुक्रवार सबैले पाकिस्तानी अत्याचारको विरोधमा सडकमा उत्रिनु भनेको विश्वकार शिख समुदायमा पाकिस्तानविरुद्धको एकताको प्रतीक हो ।

यसअघि सोमबार दिल्लीमा शिख समुदायका सदस्यहरूले पाकिस्तानमा पञ्‍जाबबाट एक किशोरीको अपहरण र उनको जबरजस्ती इस्लाम धर्म परिवर्तन गरेकोमा पाकिस्तान हाईकमान्ड बाहिर प्रदर्शन गरिएको थियो । 

प्रदर्शनकारीहरूले पाकमा अपहरण पारेकी छोरीहरुलाई न्यायको माग गर्दै "पाकिस्तानमा शिखहरूको धार्मिक उत्पीडन रोक्न" आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ