arrow

ट्रकले हानेर मार्यो पुरन गिरीलाई 

logo
प्रकाशित २०७७ असोज १० शनिबार
accident-final.jpeg

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १२  टिकौली जङ्गलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १४ का अन्दाजी ३४ वर्षीय पुरन गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार पूर्वपश्चिम राजमार्गमा रत्ननगरबाट भरतपुरतर्फ आईरहेको ना ५ ख १३६४ नं को ट्रकले ना ६४ प ८३६३ नं को मोटरसाइकललाई ठक्कर दिँदा गिरी गम्भिर घाइते भएका थिए । 

घाइते गिरीको उपचारका क्रममा भरतपुर अस्पतालमा शुक्रबार राति १०ः२० मा मृत्यु भएको हो । 

ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटना शुक्रबार राति ९ः५० बजे भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ