arrow

मोदी र सुगाबीच टेलिफोन वार्ता

logo
सिन्ह्वा,
प्रकाशित २०७७ असोज १० शनिबार
modi-suga.jpg

नयाँ दिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री योशिहिदे सुगाबीच टेलिफोन वार्ता भएको छ। भारतीय प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी गराएको हो।

सो विज्ञप्तिका अनुसार उनीहरुबीच शुक्रबार फोनवार्ता भएको थियो। त्यस वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले जापानी प्रधानमन्त्री सुगालाई बधाई दिएका थिए। सुगा जापानको प्रधानमन्त्रीमा हालैमात्र निर्वाचित भएका थिए। प्रधानमन्त्री मोदीले जापानी प्रधानमन्त्री सुगालाई कार्यकालको सफलताको कामना गरेर बधाई ज्ञापन गरेको सो विज्ञिप्तमा जनाइएको छ।

साथै भारत र जापानबीचको विगत लामो समयदेखिको सम्बन्ध उनको कार्यकालमा थप सुदृढ हुने धारणा प्रधानमन्त्री मोदीले राखेको पनि सो विज्ञप्तिमा जनाइएको छ। प्रधानमन्त्री सुगाको कार्यकालमा आगामी दिनमा भारत र जापान आर्थिक तथा अरु पनि धेरै क्षेत्रमा साझेदारी गरेर अघि बढ्ने विषयमा सो फोनमा कुराकानी भएको थियो।

त्यस वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले जापानी प्रधानमन्त्री सुगालाई अहिलेको कोभिड १९ को महामारी कम भएपछि भारतको भ्रमणका लागि आमन्त्रण पनि गरेको बताइएको छ।

त्यस फोनवार्तामा उहाँहरुबीच कोभिड १९ ले पारेको असरका बारेमा छलफल गर्दै यसको नियन्त्रण र रोकथामका लागि गरिएका कार्यहरुका बारेमा पनि आपसी अनुभव आदानप्रदान गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ