arrow

तरुणदल स्याङ्जाद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1320712551.jpeg
श्रीकृष्ण सिग्देल।स्याङ्जा जिल्लामा ब्याप्त कालोबजारी र ग्यास, इन्धनको सहज र न्यायिक बितरण गरियोस भन्दै नेपाल तरुणदल स्याङ्जाले बुधवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
 
तरुणदल स्याङजाका अध्यक्ष भागवतप्रकाश मल्लले प्रशासकिय अधिकृत यादवराज शर्मा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्रमा भारतीय अघोषित नाकाबन्दी र त्यसबाट नेपालीमा पर्न गएको हरेक क्षेत्रको कठिनाईलाई मध्यनजर गर्दे असहज परिस्थितीलाई समाधानतर्फ पहल गर्न आग्रह गरिएको छ । जिल्लामा भएको कालोबजारी नियन्त्रण, ग्याँस, इन्धन लगायतको न्यायिक बितरणका लागि पनि तरुण दलको माग छ । 
 
तरुणदलको नियमित बैठकमा स्याङ्जामा देखिएको कालोबजारी प्रति प्रशासन मौन भएको भन्दै चर्को आलोचना समेत भएको तरुणदलले जनाएको छ । यसको नियन्त्रण र सहज आपूर्तिमा प्रशासन मौन रहेको भन्दै तरुणदल स्याङ्जाले जिल्ला प्रशासन कार्यालय स्याङ्जा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझदै प्रशासकिय अधिकृत शर्माले यो ज्ञापनपत्रलाई प्रधानमन्त्रीको कार्यालयमा पु¥याउने प्रतिवद्धता व्यक्त गरेका थिए । 
 
नेपाललाई भारतले गरेको अघोषित नाकाबन्दी तिन महिना पुग्न लाग्दा पनि सरकार मौन बसिदरहदा नेपाल तरुणदलले भने सरकारले छिट्टै आपूर्तिमा सहजता प्रदान गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको यो घट्ना पहिलो हो । नागरिक चुपलागेर बसिरहदा सरकारलाई समेत दवाव नभएकाले पनि मुलुकमा झनै असहजता बढ्न थालेको तरुणदलको ठहर रहेको छ । अर्को तर्फ नेपाल तरुणदल स्याङ्जाका अध्यक्ष प्रहरी प्रशासन र जिल्ला प्रशासनले इन्धन वितरणमा गरेको अनियमितताको समेत ध्यानाकर्षण गरेको जनाएका छन् ।
 
इन्धनमा भएको कालोबजारीलाई प्रशासनले नियन्त्रण गर्ने काम नगरेमा तरुणदल आफै नियन्त्रण गर्ने संकेत मल्लको छ । प्रशासनलाई ध्यानाकर्षण गराएका छौ तरुण अध्यक्ष मल्लले भने, “यस प्रति प्रहरी र प्रशासन चुप लाग्ने हो भने हामीले अनुगमन थाल्ने छौं । ” यस्तो अवस्थामा प्रशासनलाई तरुणदल सहयोग गर्न पनि तयार रहेको मल्लले थपे ।  ज्ञापनपत्र पत्र बुझाउन तरुण दल जिल्ला कार्य समितिका पदाधिकारी, नेपाल बिद्यार्थी संघ, महिला संघका पदाधिकारी लगायतको उल्लेख्य सहभागिता रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ