arrow

परियार दम्पतीलाई बगायो खोलाले

logo
प्रकाशित २०७७ असोज ११ आइतबार
water-kill.jpg

वाग्मती । मकवानपुर  जिल्लामा खोलाले बगाउँदा  एक दम्पतीको आइतबार मृत्यु भएको  छ ।   मकवानपुरगढी गाउँपालिकामा सामरी खोलाले बगाउँदा पतिपत्नीको मृत्यु भएको हो ।

मकवानपुरगढी –६ बाट वडा नं ३ तर्फ जानेक्रममा खोला तर्दा सोही ठाउँका ज्ञानबहादुर परियार र उनकी पत्नी तुलसाको बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मकवानपुर गढीका प्रहरी नायब  उपरीक्षक कृष्ण केसीले जानकारी दिए ।  

उनीहरुलाई खोलाले बगाएर ६० फिट तलसम्म पुर्‍याएको थियो । यसअघि मकवानपुरका विभिन्न स्थानमा खोलामा शनिबार डुबेर तीन जनाको मृत्यु भएको  थियो ।

 केही दिनयता परेको अविरल वर्षाले मकवानपुरका विभिन्न खोलामा पानीको वहाब तीव्र छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ