arrow

प्रेस युनियन मोरङमा भोजराज

logo
विवेक मिश्र,
प्रकाशित २०७७ असोज ११ आइतबार
npu-morang-handover.jpg

बेलबारी । नेपाल प्रेस युनियन मोरङको अध्यक्षको कार्यभार भोजराज बस्नेतले सम्हालेका छन् । युनियनको अधिवेशनमा भएको सहमति अनुसार पुर्ण कार्यकालको पहिलो आधा अवधी अध्यक्षको नेतृत्व सम्हालेका कुमार लुईटेलले बस्नेतलाई पद तथा कार्यभार बेलबारीस्थित शनिबार हस्तान्तरण गरेका हुन् । 

पदभार ग्रहण गरेसँगै अध्यक्ष बस्नेतले संगठनको कामलाई कुशलतापुर्वक अघि बढाउँदै पत्रकारको हकहितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । जिम्मेवारी आएसँगै चुनौती समेत थपिएको बताउँदै बस्नेतले चुनौतीलाई सुझबुझ साथ सामना गर्दै समाज र श्रमजिवी पत्रकारको हितमा काम गर्ने उद्घोष समेत गरेका छन् । संगठनभित्र आवश्यक सुधारका काम गर्दै अघि बढ्ने र वेथिती तोड्न कडा कदम चाल्ने समेत अध्यक्ष बस्नेतले बताए। बस्नेत बेलबारीस्थित रेडियो बेतना र निरन्तर मिडिया ग्रुपका अध्यक्ष समेत हुन्।

कार्यक्रमका प्रमुख अतिथी सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख एवम् कांग्रेस मोरङका सहसचिव शिवप्रसाद ढकालले नयाँ जिम्मेवारी सम्हालेका अध्यक्ष बस्नेतलाई सबैसँग समन्वय गरेर अघि बढ्न शुभकामना दिए । आफ्नो कार्यकाल सफलतापुर्वक पुरा गरेकोमा अर्का अध्यक्ष कुमार लुईटेललाई समेत ढकालले बधाई दिए ।

कार्यक्रममा नेपाल प्रेस युनियन मोरङका प्रदेश संयोजक लिलाबल्लभ घिमिरे, युनियनका पूर्व केन्द्रीय सदस्य शंकर खरेल, कांग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी, उद्योगी भोलेश्वर दुलाल, कांग्रेस बेलबारीका सभापति शम्भु भट्टराई, युनियन मोरङका पुर्व अध्यक्ष मिनकुमार नवोदित, सुनसरी अध्यक्ष पवन अधिकारी, नेपाल पत्रकार महासंघ मोरङकी उपाध्यक्ष शुशिला पाठक लगायतले बस्नेतलाई सफल कार्यकालको लागि शुभकामना दिए ।

कार्यक्रममा युनियन मोरङका सचिव गोपाल पोखरेलले वर्तमान कार्यसमितिले अहिलेसम्म गरेका कामहरु समेटिएको प्रतिवेदन पनि प्रस्तुत गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ