arrow

पहिरो खस्दा जेसिबी चालकको मुत्यु

logo
प्रकाशित २०७७ असोज १२ सोमबार
jcb.PNG

झिमरुक । प्यूठानमा सडक निर्माण गर्ने क्रममा बाटोमाथिबाट पहिरो खस्दा च्यापिएर सोमबार जेसिबी चालकको मुत्यु भएको छ । 

माण्डवी गाउँपालिका-१ डामृखोलास्थित तिरामबाट दाङ जाने (मदनमणि लोकमार्ग) मा सडक निर्माण गर्ने क्रममा माथिबाट आएको पहिराले पुरिँदा सीतगङ्गा नगरपालिका-८ लापे अर्घाखाँचीका ४० वर्षीय नर्सिङ बुढामगरको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलका अनुसार पहिराले जेसिबी पनि पुरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ