arrow

थप एक महिलाको संक्रमणबाट मृत्यु

logo
प्रकाशित २०७७ असोज १२ सोमबार
woman-dead-body.jpg

धनगढी । धनगढी उपमहानगरपालिका-१ की ६३ वर्षीया कोरोना संक्रमित एक महिलाको सेती प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालमा सोमबार मृत्यु भएको छ । 

श्वासप्रश्वासमा समस्या देखिएपछि असोज ७ गते अस्पतालको सघन उपचार कक्षमा भर्ना भएर उपचार गराइरहेकी उनमा असोज १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । 

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका श्वासप्रश्वासमा समस्या भएपछि उनलाई असोज ७ गतेदेखि कोभिड सघन उपचार कक्षमा राखेर उपचार थालिएको थियो । उनको उपचारकै क्रममा सोमबार मृत्यु भएको हो ।

 उनीसँगै कोरोना संक्रमणबाट अस्पतालमा मृत्यु हुने सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिकाका दुई र धनगढी उपमहानगरपालिकाका एक जना रहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

अहिले अस्पतालमा दुई जना संक्रमितको कोभिड सघन उपचार कक्षमा र १५ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ । कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा सोमबारसम्म १५ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ