arrow

मलेसियामा अपहरण गरि नेपालमा फिरौती उठाउने दुर्गा पक्राउ, छुटाउन लागे नेकपाका नेता

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १४ बुधबार
durga-shrestha-devid.jpg

काठमाडौं। मलेसियामा रहेर म्यानपावर तथा रेष्टुरेण्ट व्यवसाय गर्दै आएका दुर्गा बहादुर श्रेष्ठ उर्फ डेभिड अपहरण र फिरौतीको आरोपमा काठमाडौंमा पक्राउ परेका छन् । आवरणमा म्यानपावर र रेष्टुरेण्ट व्यवसाय भएपनि गुण्डागर्दीमा समेत वद्नाम रहेका उनलाई प्रहरीको अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले अपहरण र फिरौती प्रकरणमा पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार डेभिडलाई व्युरोले मंगलवार पक्राउ गरेको हो । मलेशियाको केलाङ क्षेत्रमा गुण्डागर्दीमा सक्रिय डेभिडले वैदेशिक रोजगारीमा मलेसियामा गएका नेपाली युवाहरुलाई नै कुटपीट र शोषण गर्दै आएका पिडितहरुले बताएका छन्। 

डेभिडले मलेशियाको केलाङ क्षेत्रमा केही युवतीलाई नेपालबाट अबैध तरिकाले लैजाने र त्यहाँ देहव्यापारमा समेत लगाउने गरेको समेत स्रोतको दाबी छ । डेभिडले केलाङकै अन्य रेष्टुरेन्टमा काम गर्ने नेपाली मजदुरमाथि समेत निर्घात कुटपीट गर्ने गरेको खुलेको थियो । मलेशियाकै गुण्डागर्दी गर्ने समुहसँगको मिलेमतोमा उनले नेपालीमाथि ज्यादती गर्दै आएको पिडित नेपालीहरुले बताएका छन्। 

मलेसियामा काम गर्ने एक नेपालीलाई बन्धक बनाई फिरौती वापत नेपालमा १६ लाख रकम बैंकमार्फत लिएको उजुरी सिआइबीमा परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पिडितका आफन्तले प्रहरीकहाँ उजुरी दिएका थिए। 

सिआइबीको हिरासतमा रहेका श्रेष्ठको बुधवार पीसीआर गराईने प्रहरीले जनाएको छ। त्यसपछि उनको बारेमा  सार्वजनकि गरिने पनि सीआइबी स्रोतले जनाएको छ। 

श्रेष्ठ पक्राउ परे लगत्तै उनलाई छुटाउन नेकपाका नेताहरु सक्रिय भएका छन्। नेकपाका उपाध्यक्ष वामदेव गौतम निकट केहि नेकपाका प्रभावशाली व्यक्तिहरु अपहरण र फिरौती मामिलाका आरोपित श्रेष्ठलाई छुटाउन लागिपरेको स्रोतले बताएको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ