arrow

आँधीखोला लघुवित्तका संचालक र कर्मचारीबीच अन्तरक्रिया

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७७ असोज १४ बुधबार
IMG_20200928_121337.jpg

स्याङ्जा । आँधीखोला लघुवित्त वित्तीय संस्थाले कोभिड १९ का कारण भएको बन्दाबन्दीका बेला संस्थामा परेको प्रभावको बारेमा संचालक र कर्मचारी विच अन्तरक्रिया गरेको छ । 

स्याङ्जाको भीरकोट नगरपालिका १ बयरघारीमा प्रधान कार्यालय रहेको आँधीखोला लघुवित्त संस्थाले कोरोना संक्रमणबाट संस्था र सेवाग्राही विचको सेवा प्रवाहमा परेको असर र आगामी रणनीति सम्वन्धी शाखागत अन्तरक्रिया गरेको हो । 

अन्तरक्रियामा कोरोना संक्रमणका कारण बैकिङ जगतमा परेको प्रभावबाट कर्मचारीको मनोवल खस्कन नदिन र ग्राहकहरुको संरक्षणका लागि संस्थाले आगामी दिनमा खेल्नुपर्ने भुमिका बारे छलफल भएको संस्थाका अध्यक्ष नरेश केसीले बताए ।  

स्याङ्जाको आँधीखोला लघुवित्त संस्था र बागलुङ्को धौलागिरी लघुवित्त संस्था सगँ मर्जर भएपनि बन्दाबन्दीका कारण सबै प्रक्रिया अब अगाडी बढ्ने अध्यक्ष केसीले बताए । नेपाल राष्ट्र बैंकको जारी निर्देशन अनुसार लघुवित्त संस्थाहरु मर्जरको बाटो अवलम्वन गर्नुपर्ने आवश्यकता लघुवित्त संघ नेपालका अध्यक्ष तथा आरम्भ चौतारी लघुवित्त संस्थाका अध्यक्ष जगत पोख्रेलले बताए । 

सानो पँुजीबाट विपन्न परिवारको आर्थिक अबस्था उकास्ने काममा लघुवित्त संस्थाहरुले खेलेको भुमिका महत्वपूर्ण रहेको बताउदै अध्यक्ष पोख्रेलले अझै लघुवित्त संस्थाले ग्रामिणबस्तीमा पुगेर सेवा प्रवाह गर्न आग्रह गरे । 

१९ शाखाबाट सेवा प्रवाह गरेको आँधीखोला लघुवित्तले १७ हजार विपन्न नागरिकलाई कर्जा प्रवाह गरी सेवा दिएको छ । जसले गर्दा साना—ठुला व्यवसायबाट निम्न आय भएका नागरिकको आर्थिक स्तर बृद्धि गर्नमा आँधीखोला लघुवित्त संस्थाले भुमिका खेलेको प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी.ले बताए । 

अन्तरक्रियामा पव्लिक शेयर संचालक विद्या श्रेष्ठ, शाखा अधिकृत बाबुराम कुँवर, अधिकृत कुलदेब लामिछानेले कोरोना संक्रमणबाट स्वास्थ्यको ख्याल गर्दै सरकारले अपनाएको मापदण्डलाई लागु गर्दै सेवा प्रवाहमा जुट्न कर्मचारीहरुलाई आग्रह गरेका थिए । 

संस्थाको चुक्तापुँजी १० करोड रहेको संस्थाले १० जिल्लामा १९ कार्यालय मार्फत करिव ७९ करोड कर्जा लगानी गरेको छ । 

३० करोड वचत परिचालन गरिरहेको संस्थाले मर्जर समस्याका कारण शेयर कारोवार रोक्का रहेको संस्थाले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ