arrow

उपप्रधानमन्त्री पोखरेलका सम्धीले लिए सपथ

logo
प्रकाशित २०७७ असोज १५ बिहिबार
ishwor-upendra.jpg

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालाले राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको सदस्यमा सपथ लिएका छन्।  सातौं पटक सरकारी नियुक्ति पाएका कोइरालालाई अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले सपथ गराएका हुन्। 

तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले कोइरालालाई  भदौ ७ गतेबाणिज्य बैंकको सदस्यमा नियुक्त गरेका थिए ।  कोइराला २०५१ सालको तत्कालीन एमाले सरकारको पालामा खाद्य संस्थानको महाप्रबन्धक भएका थिए ।

खाद्य संस्थानको महाप्रबन्धक भएपछि उनी महेन्द्र मोरङ बहुमुखी क्याम्पसको प्रमुख बनाइए । त्यसपछि बिराटनगरकै स्नातकोत्तर क्याम्पसको प्रमुख भए ।  २०५८ मा ईश्वर पोखरेल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री भएको समयमा उनी आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भए । 

आयल निगमको कार्यकारीबाट कार्यकाल सकिएपछि बीचमा केही समय खाली बसे । त्यसपछि पुनः उनी उच्च माध्यमिक शिक्षा परिषदको उपाध्यक्षमा नियुक्त भए । उच्च मावि शिक्षा परिषदको उपाध्यक्षबाट केही समय लक्ष्मी बैंकको अध्यक्ष भए ।

पुनः कोइरालालाई पोखरेलले मध्यपश्चिमान्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्ति दिलाए । मध्यपश्चिमान्चल विश्वविद्यालयको भीसीको कार्यकाल  सकिएको केही महिनापछि उनलाई राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनाइने चलखेल भइरहेको छ । उनको नियुक्तिलाई लिएर चौतर्फी आलोचना भएपछि सपथ रोकिएको थियो। 

यसअघि उपप्रधान एवं रक्षामन्त्री पोखरेलले एक विज्ञप्ति जारी गरी आफ्नो परिवारका कुनै सदस्य वा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिद्वारा पद वा सम्बन्धको दुरूपयोग गरी विद्यमान कानूनी व्यवस्थालाई उल्लंघन गरेर नभएको स्पष्टोक्ति दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ