arrow

जाडो मौसममा कोरोना थप फैलने !

logo
प्रकाशित २०७७ असोज १५ बिहिबार
corona-ppe.JPG

काठमाडौं । संसारभर फैलिएको कोभिड-१९ (कोरोना) को असर जाडो मौसममा थप चुनौतीपूर्ण बन्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।  जाडो मौसममा मानिसहरू चिसोबाट जोगिन घर, अफिस या बन्द स्थानमा बस्न भएकाले थप चुनौतीपूर्ण बन्न सक्ने अमेरिकाका वैज्ञानिकहरूले औलाएका हुन् ।

 राम्रोसँग हावा नछिर्ने कोठाहरूमा भाइरसको असर धेरैबेरसम्म रहन्छ। अधिकांश रेस्टुराँ, बार तथा होटेलमा कोठाहरू बन्द हुन्छन्। त्यस्तो स्थानमा संक्रमण फैलने खतरा अधिक हुन्छ कोलोराडो स्टेट युनिभर्सिटीका एटमसफेयर केमिस्ट डेलफिन फार्मरले भनेको छ ।

खुल्ला वा राम्रो भेन्टिलेसन भएको कोठामा भाइरसको संक्रमणको सम्भावना कम हुन्छ। बन्द कोठामा भाइरस धेरै बेरसम्म बाँच्छ। वैज्ञानिकहरू अस्पतालभित्र संक्रमित विरामीले हाँछ्यु गर्दा र खोक्दा निस्केको सानासाना कणहरू १६ फिटसम्म फैलिएको अमेरिकामा पत्ता लागेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ