arrow

अमेरिकाले थप्यो सिरियामाथि प्रतिबन्ध

logo
एएनआई,
प्रकाशित २०७७ असोज १५ बिहिबार
siriyan-people.jpg.jpeg

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले एक दर्जनभन्दा बढी सिरियाली नागरिक र संस्था विरुद्ध बुधबार नयाँ प्रतिबन्धहरु घोषणा गरेको छ । सिरिया सरकार विरुद्ध थप दबाब सिर्जना गर्न नयाँ प्रतिबन्धहरु घोषणा गर्नु परेको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ । 

प्रतिबन्ध घोषणा गरिएकाहरुमा सिरियाली गुप्तचर निकायका प्रमुख, सिरियाली केन्द्रीय बैंकका गभर्नर र एउटा व्यावसायिक संजाल रहेका छन् । 

अमेरिकी विदेश मन्त्रालयले पनि सिरियाली द्वन्द्वमा भूमिका रहेको भन्दै अरु तीन सिरियाली नागरिकलाई कालोसूचीमा राखेको छ । 

मन्त्रालयद्वारा जारी विज्ञप्तिका अनुसार कालोसूचीमा राखिएका व्यक्तिको सम्पूर्ण सम्पत्ति रोक्का गरिएको र ती व्यक्तिसँग कुनै पनि प्रकारको कारोबार नगर्न अमेरिकी नागरिकलाई पनि प्रतिबन्ध लगाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ