arrow

प्रावधिक कर्मचारी छनौटमा अनियमितता

logo
राम धामी,
प्रकाशित २०७७ असोज १५ बिहिबार
bhageshori.png

डडेल्धुरा । भागेश्वर गाउँपालिकाले हालै करारमा प्रावधिक कर्मचारी भर्नागर्दा अनियमिता गरेको खुल्न आएको छ ।  प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सिभिल ओभरसियरमा एक जनाका साथै गाँउपालिकाका लागि आवश्यक कृषितर्फ चार जना, भेटनरीतर्फ दुईजना र सूचना प्रविधीतर्फ एकजना प्रावधिक पदमा गाँउपालिकाले विज्ञापन आव्हान गरेको थियो ।

आवेदकहरुले रितअनुसार आवेदन लोक सेवा आयोगको ढाँचामा भरेको र गाउँपालिकाले सबै प्रावधिक पदका लागि लोकसेवा आयोगको पाठ्यक्रम अनुसार परीक्षा लिने बताए पनि मिलोमतोमा परीक्षा सञ्चालन गरेर पक्षपातपुर्ण ढंगले अनियमित रुपमा कर्मचारी भर्ना गरिएको स्थानीयको गुनासो छ । परीक्षा सञ्चालन पक्षपातपुर्ण र अमर्यादित भएको भन्दै परीक्षामा सहभागी आवेदकहरुले तत्काल परीक्षा रद्द गरेर नियमानुसार पुनः परीक्षा सञ्चालन गर्न माग गरेका छन । 

परीक्षामा सहभागी लोकबहादुर ठकुराठी, महेश रावत र प्रमोद मल्ल लगायत आवदेकहरुले एक विज्ञप्ती प्रकाशितगर्दै परीक्षा सञ्चालनगर्दा विषय विज्ञ नराखेको र कुनै पनि उम्मेदवारले लिखित परीक्षामा उत्तिर्ण नभएकाले पुःन परीक्षा सञ्चालन हुने भनि गाँउपालिका अध्यक्ष कौशिलाकुमारी भट्टले बताए पनि भोलीपल्ट सिधै नतिजा सार्वजनिक गरेको विज्ञप्तीमा जनाइएको छ । 

परिक्षा सञ्चालन गर्दा आर्थिक चलखेल गरेर नतिजा प्रकाशन गरिएको परीक्षामा सहभागीहरुले बताएका छन । परीक्षा सम्पन्न भएको चार दिनपछि मात्र सिभिल ओभरसेयर पदको नतिजा सार्वजनिक गरिएको र विषयविज्ञ नराखेर परीक्षा लिइएको परीक्षामा सहभागी ठकुराठीले बताए । यस सम्बन्धमा गाँउपालिकाले भने निष्पक्ष रुपमा परीक्षा भएको दाबी गरेको छ ।

भागेश्वर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्ष रोक्काले कम्युटर सम्बन्धि प्रश्न बढि भएकाले सूचना प्रविधी अधिकृतलाई विषयविज्ञका रुपमा राखेर परीक्षा सञ्चालन गरिएको दाबी गरे । उनले परीक्षामा अनुत्तिर्ण भएका ब्यक्तिहरुले अनावश्यक बखेडा गरिरहेको बताए । पुनः परीक्षा सञ्चालन नगरिएमा कडा आन्दोलनमा उत्रिने परीक्षामा सहभागी आवेदकहरुले चेतावनी दिएका छन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ